Subscribe Twitter FaceBook

Pages

Monday, August 29, 2016

मध्य मोदी जलविद्युत् आयोजनाका कारण बस्ती जोखिममा

Advertisements:

hydro१३ भदौ, पर्वत । पर्वतमा निर्माणाधीन मध्य मोदी जलविद्युत् आयोजनाका कारण मोदीखोलाको किनारमा अवस्थित पर्यटकीय स्थल विरेठाँटीबजार जोखिममा परेको छ ।


आयोजनाको व्यवस्थापन पक्षले अव्यवस्थित ढङ्गले खोलामा बाँध लगाउँदा पर्यटकीय बजार विरेठाँटीको बस्ती नै जोखिममा परेको स्थानीयले गुनासो गरेका छन् ।


समयमै बस्तीक्षेत्रको खोलामा बाँध नहाल्दा पर्वतको सिमानामा रहेको कास्कीको दाङसिङ गाविसमा पर्ने पुलपारी विरेठाँटीमा रहेका १५ घरसहितको बस्ती नै जलविद्युत्का कारणले गर्दा पहिरोको उच्च जोखिममा परेको स्थानीयले गुनासो गरेका हुन ।


विरेठाँटीको लुम्ले गाविसतर्फ पुल वारी क्षेत्रमा बाँध हाल्दा मोदीखोलाले ठूलो वर्षात् हुँदा वारीको पानीको बहावले गर्दा पारीको क्षेत्रमा असर पुर्याउँदा बस्तीलाई नै जोखिममा पारेर पहिरो जान थालेको स्थानीय खगेन्द्र्र गौचनले बताए ।


मध्य मोदी जलविद्युत् आयोजना सरोकार समितिका अध्यक्ष मनोज गुरुङले उक्त जलविद्युत्को व्यवस्थापन पक्षसंँग विरेठाँटी क्षेत्रको मोदीखोला वारीपारी दुवै किनारामा बाँध बाध्न माग गर्दा पनि खासै माग सुनुवाइ नभएको बताए ।


तत्काल बाँध बाँध्न नसक्दा हाल मानव बस्ती जोखिममा पर्न गएको गुरुङले बताए । आफ्नो क्षेत्रमा स्थापना हुन लागेको उक्त हाइड्रोपावर व्यवस्थापन पक्षले आफूखुसी काम गर्दा विरेठाँटीको बस्तीलाई मोदीखोलाको कटान गर्नाले उच्च जोखिममा पारेको उनले बताए ।


उक्त आयोजनाका प्रमुख हरि देवकोटाले खोला वारी पहिला बाँध नभएकाले सो क्षेत्रमा बाँध लगाएको बताउँदै खोला पारी पहिला बाँध भएकाले बाँध नलगाएको बताए ।


बस्ती जोखिममा परेको कुरा आफूलाई थाहा नभएको बताउँदै यस विषयमा भने हिउँदमा मात्र सोच्न सकिने उनले बताए ।


सो आयोजना करिब दुई अर्ब ८० करोडको लागतमा निमार्ण कार्य सुरु भएको करिब दुई वर्षमा पाँच प्रतिशत मात्र काम पूरा भएको प्रमुख देवकोटाले बताए ।



मध्य मोदी जलविद्युत् आयोजनाका कारण बस्ती जोखिममा
Advertisements:

स्टर्लिङको गोलमा सिटीको तेस्रो जित

Advertisements:

Manchester City१३ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले लगातार तेस्रो जित हात पारेको छ । र, लिगको शीर्ष स्थानमा उक्लिएको छ ।


आइतबार भएको खेलमा म्यानचेष्टर सिटीले वेष्टहृयामलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । उसको जितमा राहम स्टर्लिङ एक्लैले दुई गोल गरेका थिए ।


घरेलु मैदानमा भएको खेलमा सिटीले सातौं मिनेटमा नै स्टर्लिङको गोलबाट अग्रता लिएको थियो । १८ औं मिनेटमा फर्नान्डिन्होले घरेलु टोलीको अग्रता दोब्बर पारे ।


५८ औं मिनेटमा वेष्टहृयामका एन्टोनिओले गोल गरे । तर, खेलको अन्तिम मिनेटमा स्टर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३-१ को जित दिलाएका छन् ।


प्रिमियर लिगमा उपाधिको दाबेदार सिटी, चेल्सी र म्यानचेष्टर युनाइटेडले तीनवटै खेल जितेका छन् । र, समान ९ अंक छ । तर, गोल अन्तरले आधारमा सिटी पहिलो,चेल्सी दोस्रो र युनाइटेड तेस्रो स्थानमा छ ।



स्टर्लिङको गोलमा सिटीको तेस्रो जित
Advertisements:

भारत भ्रमणको गृहकार्यमा प्रधानमन्त्री

Advertisements:

Pushpakamal-Dahal-Prachanda,-PM-of-Nepal१३ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आसन्न भारत भ्रमणको गृहकार्यमा जुटेका छन् ।


३० भदौदेखि हुने भ्रमण मितिलाई आधार बनाएर सरकारले अनौपचारिक रुपमा गृहकार्य अगाडि बढाएको छ । प्रधानमन्त्रीको विशेष दूतका रुपमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि दिल्ली गएका बेला ३० भदौदेखि १ असोजसम्मका लागि प्रधानमन्त्रीको भारत भ्रमण मिति तय भएको थियो ।


यद्यपी, सरकारले प्रधानमन्त्रीको भारत भ्रमणको मिति औपचारिक रुपमा घोषणा गरिसकेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले केही दिन भित्रै औपचारिक रूपमा प्रधानमन्त्रीको भारत भ्रमणमा प्रधानमन्त्रीले नेपाल तर्फबाट उठाउने एजेन्डाका विषयमा छलफल तथा परामर्स गर्ने तयारी गरेको आजको राजधानी दैनिकमा समाचार छ ।


प्रधानमन्त्री प्रचण्डले भारतका लागि नेपाली राजदूत र आफ्नो परराष्ट्र सल्लाहकार नियुक्त गर्ने तयारी गरेका छन् ।


प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा दुई देशबीचको आपसी सम्बन्ध विस्तार र विकाससँग सम्बन्धि सम्झौतालाईै पहिलो प्राथमिकता दिने तयारी गरेका छन् ।


प्रधानमन्त्रीको सचिवालयले अनौपचारिक रुपमा भ्रकणका विषयमा परामर्श लिने काम सुरु भएको जनाएको छ ।



भारत भ्रमणको गृहकार्यमा प्रधानमन्त्री
Advertisements:

जतिसक्दो धेरै बच्चा जन्माउनुस्, सरकारले गर्नेछ सहयोग

Advertisements:

south_korea_babyहामीकहाँ जनसंख्या वृद्धि नियन्त्रणका लागि सरकारले कम बच्चा जन्माउनका लागि दम्पतिहरुलाई निशुल्क गर्भनिरोध लगायतका सुविधा दिने गरेको छ ।


तर उता दक्षिण कोरिया सरकारले भने आफ्ना नागरिकलाई धेरै भन्दा धेरै बच्चा जन्माउन उक्साउने खालका विभिन्न उपाय निकालेको छ ।


देशमा घट्दो जन्मदरका कारण सरकार चिन्तित छ । कोरियन हेराल्ड पत्रिकाका अनुसार प्रजनन सम्बन्धी समस्याको उपचार लगायतमा अब सरकारले आर्थिक सहयोग गर्नेछ, दम्पतिहरुलाई ।


सरकारी सहयोग सेप्टेम्बर महिनाबाट सुरु हुनेछ र सबै आय वर्गका मानिसहरु यो सहयोगको दायरमा पर्नेछन् ।


सन् १९६० को दशकपछि दक्षिण कोरियामा जन्मदरमा तिव्र रुपमा गिरावट आएको छ । हालैका वर्षहरुमा जन्मदर बढाउने कार्यक्रमका लागि सरकारले करोडौँ डलर खर्च गरेपनि तात्विक अन्तर देखिएको छैन ।


त्यहाँका स्वास्थ्यमन्त्रीले जन्मदर बढाउनका लागि हरसम्भव कोसिस गर्नु आवश्यक रहेको बताएका छन् ।


सरकारी नयाँ व्यवस्था अनुसार प्रजनन सम्बन्धी उपचार गराइरहेका जागिरे मानिसहरुका लागि अर्को वर्ष जुलाई महिनादेखि तिन दिनको अवैतनिक विदा समेत दिइनेछ ।


त्यस्तै दोश्रो बच्चा जन्माउने पिताका लागि दिइने पितृत्व अवकाशबापतको रकम पनि बढाइने घोषणा सरकारले गरेको छ ।


त्यस्तै तिन भन्दा धेरै बच्चा जन्माउने घर परिवारका लागि सार्वजनिक शिशु हेरचाहको सुविधा प्रदान गर्नमा प्राथमिकता दिइनेछ ।


विज्ञहरुका अनुसार कोरियामा जन्मदर घट्नुमा समस्या पैसाको नभै त्यहाँको कर्पोरेट संस्कृतिको हो । कोरियामा कर्मचारीहरुलाई निकै धेरै घण्टा काम गराइन्छ, जसका कारण उनीहरुलाई सन्तान उत्पादन कार्यमा ढुक्क सँग लाग्ने मौका नै प्राप्त हुँदैन र बच्चा जन्मिइसकेपछि त्यसलाई हेरचाह र पालनपोषणको लागि समय निकाल्न पनि नसकिने ठानेर मानिसहरु बच्चा जन्माउने इच्छा गर्दैनन् ।



जतिसक्दो धेरै बच्चा जन्माउनुस्, सरकारले गर्नेछ सहयोग
Advertisements:

विदेशिने कामदार कल्याणकारी कोषको करोडौं रकम दूतावासबाट दुरुपयोग

Advertisements:

Golf-country, Baideshik Rojgari

१२ भदौ, काठमाडौं । वैदेशिक रोजगारीमा गएका कामदारबाट उठाइएको कल्याणकारी कोषको रकम विभिन्न देशमा रहेका नेपाली दूतावासबाट दुरुपयोग भइरहेको भेटिएको छ ।


वैदेशिक रोजगार प्रवद्र्धन बोर्डअन्तर्गत कामदार कल्याणकारी कोषअन्तर्गतको रकम समस्यामा परेका र मृत्यु भएका कामदारको उद्धारका लागि भन्दै बोर्डले दूतावासलाई दिए पनि कामदारको करोडौँ रुपैयाँको हिसाबकिताब गोलमाल गरिएको अनुमान गरिएको छ ।


दूतावासले करोडौँ रुपैयाँको पेस्की फछ्र्यौट नगरेको तथा उनीहरुले पेस गरेको खर्च विवरणको वैधानिकताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ । बोर्डले अख्तियारलाई विभिन्न नौ मुलुकमा रहेका दूतावासको गत आर्थिक वर्षको अन्त्यसम्मको विवरण पठाएको छ । बोर्डका अनुसार विभिन्न दूतावासको २०६५ सालदेखिका पेस्की रकम फछ्र्यौट हुन बाँकी रहेको छ ।


दक्षिण कोरियाको एक करोड १० लाख ६४ हजार ५२४ रूपैयाँ, मलेसियाको एक करोड सात लाख २९ हजार ७६८ रूपैयाँ , कतारको ९१ लाख ८० हजार ५६६ रूपैयाँ, साउदीअरबको ५५ लाख ६७ हजार २६१ रूपैयाँ, संयुक्त अरब इमिरेट्स (दुबई) को २१ लाख ९७ हजार २५३ रूपैयाँ, ओमानको १२ लाख रूपैयाँ , इजिप्टको चार लाख चार हजार आठ रूपैयाँ , इजरायलको तीन लाख ५० हजार रूपैयाँ र कुवेतको रु तीन लाख ४३ हजार ५८१ रूपैयाँ पेस्की बेरुजु देखिएको छ ।


बोर्ड पदाधिकारीका अनुसार प्रारम्भिक रकम यो देखिए पनि योभन्दा धेरै रकम फछ्र्यौट हुन बाँकी रहेको अनुमान गरिएको छ । गत आवमा साउदी दूतावासले एक करोड ५२ लाख ६१ हजार ४८० रूपैयाँ, कुवेतले  ६३ लाख ९९ हजार १६२ रूपैयाँ, कोरियाले ५० लाख ४२ हजार ६९ रूपैयाँ, कतारले ३७ लाख ३३ हजार ६८ रूपैयाँ र दुबईले  २३ लाख १० हजार २५ रूपैयाँ पेस्की बेरुजु फछ्र्यौट गरेका थिए । मलेसिया, ओमान, इजरायल र इजिप्टका दूतावासले भने गत आवमा बेरुजु रकम फछ्र्यौट नै गरेनन् ।


परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भने प्रचारमा आएजस्तो बोर्डले दूतावासमा पठाएको रकम उल्लेख्य मात्रामा बेरुजु नभएको जिकिर गर्दै झन्झटिलो प्रक्रियाका कारण रकम फछ्र्र्योट हुन नसकेको टिप्पणी गरे। उनले भने– “बोर्डबाट पठाएको रकम आर्थिक वर्ष सकिए पनि नयाँ आर्थिक वर्षका लागि तुरुन्त चाहिने भएकाले दूतावासमै राख्दा फछ्र्यौट हुन नसकी बेरुजु देखिएको हो, रकमको हिनामिना भएर बेरुजु देखिएको होइन ।”


उद्धारका लागि भनी पठाइएको रकम दूतावासले सवारीसधान खरिद गर्न, स्थानीय कर्मचारी राख्न, भ्रमणभत्ता, टेलिफोन खर्च, खाजा खर्च, खाना खर्च, फर्निचर, अतिथि सत्कारजस्ता अनावश्यक क्षेत्रमा खर्च भएको विवरण दूतावासले बोर्डमा पठाउने गरेका छन् । ती खर्चका विवरण कतिपय दूतावासले त खाली पानामा लेखेर पठाउने गरेका छन् जसका कारण विवरणलाई आधिकारिक मान्न नै समस्या हुने गरेको छ । पेस्की फछ्र्यौटमा सबैभन्दा बढी समस्या विदेशको लेखापरीक्षण नेपालमा गर्दा हुने गरेको छ ।


वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले दूतावासमा खर्च भएको विवरणको लेखापरीक्षण पनि दूतावासबाटै हुनसके धेरै समस्या सुल्झने बताउनुभयो । उनले  भने– “विदेशमा खर्च भएको विवरण यहाँ पठाइन्छ । लेखापरीक्षण गर्दा महालेखाले हामीलाई सोध्छ, त्यहाँ खर्च भएको विवरणको पुष्टि र जवाफ दिन हामीलाई समस्या परिरहेको छ ।” अझ कतिपय बिल पुरानो, फाटेको अवस्थामा तथा अरबी भाषामा लेखिएका हुने हुँदा बोर्डका अधिकारीले केही बुझ्नै सक्दैनन् ।


परराष्ट्रका प्रवक्ता पौडेलसँग दूतावासले कामदार कोषको रकम दुरुपयोग गरेकोबारे प्रश्न गर्दा सम्बन्धित दूतावासमै बुझ्न आग्रह गरे । अघिल्लो आर्थिक वर्षको खर्चका आधारमा बोर्डले एकमुष्ट रकम सम्बन्धित दूतावासलाई पठाउने र दूतावासले उतैबाट लेखापरीक्षण गरेर आर्थिक वर्षको अन्त्यमा विवरण पठाई बाँकी रकम बोर्डमा पठाउन सके सबै समस्या समाधान हुने बोर्डका ठहर छ । यसरी दूतावासले खर्च गर्ने र विवरणको परीक्षण बोर्डमा गरिने परिपाटीका कारणसमेत कतिपय दूतावासले भ्रष्टाचार गरेको हुनसक्ने अनुमान गरिएको छ ।


एउटै काममा खर्च भएको रकम एकातर्फ दूतावासको खर्चमा देखाएर त्यहाँ लेखा परीक्षण गर्न लगाउने र अर्कोतर्फ बोर्डको रकम खर्च भएको देखाएर नेपालमा लेखा परीक्षण गराई एउटै काममा दोहोरो रकम असुलिरहेको हुनसक्नेबारे समेत अख्तियारले अनुसन्धान गरिरहेको छ । कामदारको उद्धारका लागि दूतावास बाहिरका ठाउँमा जानु परे दूतावासका कर्मचारीले बोर्डबाट पठाएको रकमबाटै भ्रमणभत्ता लिने गरेका छन् । सो भ्रमणभत्ता दूतावासबाटै लिने वा बोर्डले पठाएको रकमबाट लिने भन्ने पनि प्रस्ट हुन आवश्यक रहेको छ ।


अख्तियारका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बोर्ड र दूतावासबाट कोषको रकम दुरुपयोग भएकोबारेमा अनुसन्धान चलिरहेको जानकारी दिए । अनुसन्धानका क्रममा आवश्यक सबै कागजात सङ्कलन र अध्ययन भइसकेकाले सो सम्बन्धमा निर्णय गर्ने काम अन्तिम प्रक्रियामा रहेको उनले बताए ।


उनले भने– “जुन जुन प्रयोजनका लागि कोषको रकम खर्च हुनपर्दथ्यो त्यसलाई नाघेर प्रशासनिक खर्च, अनावश्यक व्यक्ति र कामका लागि रकमको प्रयोग भएको भेटिएको छ ।”


विगतमा बोर्डले जस्तोसुकै विवरण आए पनि पेस्की फछ्र्यौट गर्दै आएकामा पछिल्लो समय बोर्डले त्यसमा कडाइ गरेको छ । बिल भर्पाई रकम दूतावासले परराष्ट्र हुँदै बोर्डमा पठाउने गरेका छन् । विदेसिने प्रति कामदारबाट कल्याणकारी कोषका लागि एक हजार उठाउने गरिएको छ । कामदारको मृत्यु भएमा वा समस्यामा परेमा विदेशबाट उद्धार गर्नेदेखि मृत्यु भएका कामदारको परिवारलाई रु तीन लाख र घाइते वा अशक्त कामदारलाई उपचारबापत रु तीन लाखसम्म बोर्डले सहयोग उपलब्ध गराउँदै आएको छ ।


कामदारबाट जम्मा गरिएको सो रकमको श्रम तथा रोजगारमन्त्री, कर्मचारीको विदेश भ्रमणदेखि विदेशमा दूतावासको अपारदर्शी खर्चसम्ममा दुरुपयोग हुने गरेको बताइएको छ ।



विदेशिने कामदार कल्याणकारी कोषको करोडौं रकम दूतावासबाट दुरुपयोग
Advertisements:

‘प्रधानमन्त्री ज्यू ! सोर्सफोर्स लगाइदिने छैनन्, हाम्रो उद्धार गरिदिनुस्’

Advertisements:

Saudi-ma-Alapatra-Nepali

१२ भदौ, काठमाडौं । रोजगारीका लागि साउदी अरब पुगेका सुर्खेतका इन्द्रबहादुर विक आजभोलि निकै पीडामा छन् । साउदी पुगेको ६ महिनासम्म उनले तलव पाएका छैनन् । आजभोलि त काम पनि बन्द भएको छ ।


इन्द्रबहादुरसँगै स्नाफ इन्टरनेशनल कम्पनीमा कामका लागि पुगेका ४५ जना नेपाली युवक त्यहाँ अलपत्र छन् । त्यहाँ ७ महिनादेखि तलव नपाएर अलपत्र पर्ने नेपालीहरु छन् । एकमहिना अघिदेखि खुला आकाशमुनि जीवन गुजारिरहेका उनीहरुले पेटभरि खान नपाएको गुनासो गरेका छन् ।


घरबाटै खर्च माग्दै


काठमाडौंको एयरपोर्ट नजिकै रहेको जेभीआर म्यानपावरलाई १ लाख १५ हजार रुपैयाँ तिरेर त्यहाँ विकले खानका लागि घरबाटै पैसा मगाउन सुरु गरेका छन् । उनले पछिल्लोपटक नेपालबाट ५ सय रियाल (१५ हजार नेपाली रुपैयाँ) मगाएका छन् । अहिले त्यसै खर्चबाट खाना खाएर बाँचेका छन् ।


साउदीको हाइलबाट विकले टेलिफोनमा भने, ‘अहिलेसम्म त यहाँ वरपरका नेपाली दाजुभाइले सहयोग गर्दै हुनुहुन्थ्यो । तर, सधैं यो सम्भव छैन । कोही साथीले त घरबाट १५ रियाल (५४ हजार रुपैयाँ)सम्म मगाएर खाइसके । कमाउन आएका हामी बाँच्नका लागि घरमा ऋण थपिरहेका छौं ।’


यसअघि उनीहरुले स्थानीय क्षेत्रमा काम गर्ने नेपालीहरुबाट सहयोग मागेर गुजारा चलाएका थिए । तर, साउदीमा बढ्दो आर्थिक समस्याले सबैलाई च्यापेपछि भने उनीहरु बाँचेर फर्किन पाए मात्रै पनि पुग्थ्यो भन्न थालेका छन् ।


‘नफर्किन म्यानपावरको दबाव’


उनीहरु सबैलाई जेभीआर म्यानपावरले साउदीमा गजबको कमाइ हुन्छ भनेर लगेको हो । सो म्यानपावरका प्रतिनिधि दीपक घिमिरे अहिले साउदीमा पुगेका छन् । तर, उनले कामदारको समाधान गर्नेभन्दा उल्टै कम्पनीकै पक्षमा बोलिरहेका छन् ।


घिमिरेले कामदारलाई फिर्ताको पहल गर्नुभन्दा त्यहीँ बस्न दबाव दिइरहेको नेपालीहरु बताउँछन् । कम्पनीले पनि घर फर्किनका लागि ६ हजार रियाल मागेको पीडितहरुले बताए । उनीहरु कोही पनि त्यत्रो रकम तिर्न सक्ने अवस्थामा छैनन् ।


प्रहरीको यातना, छतको बास


अलपत्र परेका सबैले अहिले मानसिकसँगै शारिरीक यातना पनि भोगिरहेका छन् । कम्पनीले उनीहरुलाई साउदीमा सरकारले विदेशी कामदारलाई दिने परिचयपत्र (अकामा) पनि दिएको छैन । त्यसैले अलपत्र परेकाहरुलाई खान मात्रै समस्या छैन, बस्न र सुत्न पनि उस्तै छ ।


‘राति छतमा म्याट ओछ्याएर सुत्छौं । विहान सधैं प्रहरी आएर हाम्रो आइडी कार्ड खोज्छ । सधैं चौकी लगेर २ घण्टा चर्को घाममा उभ्याइदिन्छ । अनि फिंगर पि्रन्ट लिएर छोड्छ,’ विकले निराश स्वरमा भने, ‘दिउँसोभरि हामीलाई झाडी खोज्दै हिँड्नुपर्छ । ज्यादै दुःख पाइयो ।’


अलपत्र युवाले शीघ्र आफ्नो उद्धार गरिदिन अपिल गरेका छन् । भोकै बस्नुपर्ने र खुला आकाशमुनी सुत्नुपर्ने आफ्नो बाध्यतालाई बुझिदिन आग्रह गरेका छन् ।


उद्धारका लागि सोर्सफोर्स चाहियो !


यसअघि उनीहरुसँगै झण्डै ५० भन्दा बढी नेपाली थिए । तर, उद्धारमा पनि विभेद गरिएको अलपत्र कामदारको गुनासो छ । उनीहरुकाअनुसार केही राजनीतिक चिनजान भएकाहरुलाई भने दूतावासको पहलमा उद्धार गरिएको छ । सोर्सफोर्स लगाउन नसक्नेहरु त्यही अलपत्र छन् ।


‘हामीले दूतावासमा पनि खबर गरेका थियौं, तर त्यहाँका मान्छेले तिमीहरुलाई उद्धार गर्न माथिकै सोर्सफोर्स र पावर चाहिन्छ भनेका छन्,’ विकले फोनमा अनुनय गर्दै भने, ‘हाम्रा त सोर्सफोर्स लगाइदिने कोहि छैनन् । अहिलेका प्रधानमन्त्री प्रचण्डले विदेशमा अलपत्र कामदारको उद्धारका लागि आदेश दिएको समाचार पढेको थिएँ । उहाँलाई हाम्रो दुःखको खबर पुर्‍याइदिनुपर्‍यो ।’



‘प्रधानमन्त्री ज्यू ! सोर्सफोर्स लगाइदिने छैनन्, हाम्रो उद्धार गरिदिनुस्’
Advertisements:

प्रेम गर्ने मान्छेका लागि म करिअर छाड्न सक्छुः कट्रिना कैफ

Advertisements:

katrina kaif

नायिका कट्रिना कैफको करिअर अहिले सन्तुलीत रुपमा अगाडि बढेको छ । यी नायिका बलिउड करिअरमा सफल मानिन्छिन् । नायक रणवीर कपुरसँगको प्रेममा परेपछि कैफको करिअर ओरालो लागेको थियो । तर, अहिले यी दुई अलग भैसकेका छन् ।


रणवीरको प्रेममा लामो समय परेकी कट्रिना आफूलाई माया गर्ने मान्छे पाएको खण्डमा बलिउड करिअर नै छाडिदिने बताउँछिन् । कट्रिनाले भनिन्-‘पक्कै पनि कोही पुरुषले आफूलाई वास्तविक प्रेम गर्छ भन्ने लाग्छ भने, म बलिउड करिअर छाड्न तयार छु ।’


उनले भनिन्-‘यदि मेरो मनले मलाई घरमै बसेर बच्चा हुर्काउनु भन्छ भने म बलिउड करिअर छाड्न तयार छु । हरेक महिला जस्तै मलाई पनि आमा बन्ने रहर छ । हरेक महिलाले यो कुरालाई पछ्याउछन् भन्ने मलाई लाग्छ ।’



प्रेम गर्ने मान्छेका लागि म करिअर छाड्न सक्छुः कट्रिना कैफ
Advertisements:

पिता बने शाहिद, तर सार्वजनिक भयो छोरीको झुटो तस्बिर

Advertisements:

sahid and mira rajput

बलिउड नायक शाहिद कपुरकी श्रीमती मिरा राजपुतले शुक्रवार छोरीलाई जन्म दिएकी छिन् । हिन्दुजा हेल्थकेयर सर्जिकल अस्पतालमा जन्मिएकी मिराकी छोरी २.८ केजीकी छिन् ।


शाहिदले ट्वीट गरेर आफु बाबु बनेको जानकारी दिएका छन् । उनले बाबु बनेकोमा खुशी व्यक्त गरे । शाहिद बाबु बनेपछि उनलाई बलिउडकर्मीको बधाइको ओइरो पनि लागेको छ ।


मिरालाई भेट्न शाहिदका पिता पंकज कपुर र आमा हस्पिटल पुगेका थिए । शाहिदकी पत्नी मिराले छोरीलाई जन्म दिएको केही समयमै उनको तस्बिर सार्वजनिक गरिएको थियो । शाहिदकी छोरी भनेर सार्वजनिक भएको तस्बिर फेक हो ।


शाहिदकी छोरी भन्दै सार्वजनिक गरिएको तस्बिर पूर्ण रुपमा झुटो रहेको बलिउड मिडियाले बताएका छन् ।



पिता बने शाहिद, तर सार्वजनिक भयो छोरीको झुटो तस्बिर
Advertisements:

अपरेशन होकः ‘नक्कली’ पाइलट पक्राउ

Advertisements:

 


१२ भदौ, काठमाडौं । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र भएको अभियोगमा एक पाइलटलाई पक्राउ गरेको छ ।


pailotपक्राउ पर्नेमा स्वछन्द घले छन् । ३० वर्षीय घले काटमाडौं डिल्लीबजारका हुन् र बुद्ध एयरमा कार्यरत थिए ।


प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले विमान चालकहरुको शैक्षिक प्रमाणपत्र नक्कली भए नभएको अनुसन्धान गर्न अपरेशन होक चलाएको छ । जस अन्तरगत नेपाल नागरिक उड्डयन प्राधिकरणकबाट अनुमति लिएका विमान चालकहरुको शैक्षिक प्रमाणपत्रको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यस क्रममा प्रहरीले घलेलाई पक्राउ गरेको हो । उनले त्रिवि प्रविणता प्रमाणपत्र विज्ञान संकायको नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर पाइलट पढेको पाइएको छ ।


घलेको आईएससीको प्रमाणपत्र नक्कली बनाउन सहयोग गर्ने राजकुमार श्रेष्ठ पनि पक्राउ परेका छन् ।


उनीहरुविरुद्ध सरकारी छाप दस्तखत कीर्ते ऐन अनुसार अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।



अपरेशन होकः ‘नक्कली’ पाइलट पक्राउ
Advertisements:

तिनकुनेबाट पेस्तोल र गोलीसहित लामा पक्राउ

Advertisements:

Pistol, file photo१२ भदौ, काठमाडौं । काठमाडौंको तिनकुनेबाट एक व्यक्ति पेस्तोल र त्यसमा लाग्ने चार राउण्ड गोलीसहित पक्राउ परेका छन् ।


काठमाडौं प्रहरीको विशेष टोलीले आइतबार साँझ सर्लाही घर भएका कुमार लामालाई गोली लोड गरिएको पेस्तोलसहित पक्राउ गरेको हो ।


लामाको साथबाट जर्मनीमा बनेको पेस्तोल र चार राउण्ड गोली बरामद भएको एसएसपी विक्रम सिंह थापाले अनलाइनखबरलाई जानकारी दिए ।


लामा हतियार कारोबारी भएको अनुमानमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।



तिनकुनेबाट पेस्तोल र गोलीसहित लामा पक्राउ
Advertisements:

Sunday, August 28, 2016

भैरहवामा म्याद गुज्रेका अखाद्य वस्तु नष्ट

Advertisements:

Akhadda


१२ भदौ, भैरहवा । जिल्ला बजार अनुगमन समिति रुपन्देहीले बजार अनुगमनको क्रममा फेला परेको अखाद्य खाद्यन्न वस्तु नष्ट गरेको छ ।


समितिका संयोजक एवं साहयक प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीको संयोजत्वमा भएको अनुगमनको क्रममा फेला परेको अखाद्य खाद्यन्न वस्तु नष्ट गरिएको हो ।


जिल्लाको विभिन्न खाद्यन्न पसलहरुमा गरिएको अनुगमनको क्रममा म्याद नाघेका, लेबल नभएका विस्कुट, चाउचाउ, खाने तेल, मसला लगायतका खाद्यन्न वस्तुहरु जफत गरी नष्ट गरिएको र पसलका संचालकहरुलाई अखाद्य वस्तु विक्री वितरण नगर्न अन्तिम चेतवानी दिइएको जिल्ला बजार अनुगमन समितीका संयोजक शम्भु प्रसाद रेग्मीले बताए ।


उनले उपभोक्ताको हितको लागि विक्रेताले पनि आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताउँदै बजारमा कालोबजारी, उपभोग हुने अखाद्य वस्तुहरुको विक्री वितरण भएमा समितिलाई सूचना दिन पनि आग्रह गरे ।


त्यस्तै वाणिज्य कार्यालय रुपन्देहीका प्रमुख वेद प्रकाश उपाध्ययले अनुगमनको क्रममा फेला परेको अखाद्य वस्तुहरु नष्ट गरिएको बताउँदै अबदेखि अखाद्य वस्तुहरु विक्री वितरण नगर्न विक्रेताहरुलाई आग्रह गरे ।


उनले अनुगमनको क्रममा र्फमहरु (पसल) नवीकरण म्याद सकिएको, पसलमा मुल्य सूची देखिने गरी नराखिएको पाइएको कारण पसलका सञ्चालकहरुलाई चेतावनी दिइएको बताए ।



भैरहवामा म्याद गुज्रेका अखाद्य वस्तु नष्ट
Advertisements:

Recent Posts