Subscribe Twitter FaceBook

Pages

Thursday, August 25, 2016

जनतासँग संवाद गर्न एमाले तराई मधेस झर्ने

Advertisements:

UML (4)


९ भदौ, काठमाडौं । मधेसी मोर्चाले संविधान संशोधनकालागि सरकारलाई दबाब दिइरहेका बेला प्रमुख विपक्षी नेकपा एमाले भने जनतासँग संवाद गर्ने भन्दै तराई मधेसमा केन्द्रित हुने भएको छ ।


एमाले स्थायी कमिटी बैठकमा मधेसको मुद्दा र मधेसी जनताको चाहनाका बारेमा ब्यापक छलफलपछि संविधान संशोधन होइन, मधेसमा सम्वृद्धिका लागि आर्थिक विकासको प्याकेज भन्दै एमाले मधेस झर्न लागेको हो । ‘मधेसका जनता र मधेसी मोर्चाको माग एउटै होइन,’ स्थायी कमिटी सदस्य किरण गुरुङले भने, ‘मधेसका जनताको पक्षमा हाम्रो नेतृत्वको सरकारले ल्याएका कार्यक्रमबारे बुझाउन मधेस जान्छौं ।’


केपी ओली सरकारले तराई मधेसको विकासका लागि अघि सारेका कार्यक्रम र त्यसकालागि विनियोजित बजेट कार्यान्वयनका लागि जनस्तरबाट दबाव दिइने २ नम्बर प्रदेशका संयोजक सत्यनारायण मण्डलले बताए ।


हालैमात्र एमालेले सप्तरीदेखि पर्सासम्म समेटिएको २ नम्बर प्रदेशको संयोजकमा सत्यनारायण मण्डल र सहसंयोजकमा नागेन्द्र चौधरीलाई जिम्मा दिएको छ । अब मधेसका जनतासँग एमालेले संवाद गर्ने उनीहरुले बताए ।


मधेसमा संविधान संशोधनभन्दा पनि मन संशोधनको आवश्यकता भएको एमालेको ठहर छ । ‘मधेसका जनतालाई मधेसी मोर्चाको नजरबाट हेर्न हुँदैन भनेरै मधेसमा विशेष अभियान सञ्चालन गर्न लागिएको हो,’ उनले भने ।


तराई मधेसका जिल्ला सदरमुकामको विकासकालागि प्रत्येक जिल्लामा ओली सरकारले ५० करोड बजेट विनियोजन गरेको छ । त्यस्तै हुलाकी राजमार्ग आफैं बनाउन बजेट विनियोजन गरिएको निवर्तमान अर्थमन्त्री तथा ५ नम्बर प्रदेश संयोजक विष्णु पौडेलले बताए ।


संविधान जारी हुनुअघिदेखि नै मधेस आन्दोलन शुरु भएपछि हुलाकी राजमार्ग दक्षिणका गाउँमा एमालेले संगठन परिचालन गर्न सकेको छैन । ‘अब हाम्रो अभियान तराई मधेसका जनतालाई जागरुक पार्ने हुन्छ,’ युवा संघ सचिव मन्जु यादवले भनिन् ।


मधेसमा विशेष अभियान शुरु हुनुअघि २ नम्बर प्रदेशका अगुवा नेता कार्यकर्ताको भेला गरिने एमालेले जनाएको छ ।



जनतासँग संवाद गर्न एमाले तराई मधेस झर्ने
Advertisements:

0 comments:

Post a Comment

Recent Posts