Subscribe Twitter FaceBook

Pages

Thursday, August 25, 2016

गुम्बाबाट दानपेटिका चोरी

Advertisements:

९ भदौ, ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङ नजिकै रहेका दुईवटा गुम्बाबाट चौथो पटक दानपेटिका चोरी भएको छ ।


danpetikaताप्लेजुङ नगरपालिका–६ मा पर्ने सुकेटारमा रहेका तासि छ्योर्लिङ र सागा छ्योर्लिङ गुम्बामा रहेका दानपेटिका चोरी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।


प्रहरीका अनुसार बुधबार राति गुम्बाको ढोका फोडेर भित्र रहेको दानपेटिका चोरी भएको हो । रातको मौका छोपेर चोरी भएको बताइएको छ । लामो समयदेखि नखोली राखिएको दानपेटिकामा धेरै रकम जम्मा भएको अनुमान गरिए पनि के कति रकम थियो भन्ने यकिन नभएको बताइएको छ ।


यसअघि पनि विभिन्न समयमा गुम्बाबाट दानपेटिका चोरी भएको थियो । पछिल्लो समयमा यसरी धार्मिक क्षेत्रमा नै प्रवेश गरेर पटकपटक चोरी हुने गरेपनि खोजीकार्य गर्दा चोरी गर्नेको पहिचान भने हुन सकेको छैन ।



गुम्बाबाट दानपेटिका चोरी
Advertisements:

0 comments:

Post a Comment

Recent Posts