Subscribe Twitter FaceBook

Pages

Monday, August 22, 2016

दुई वर्षपछि एमालेमा राधाकृष्ण मैनालीले काम पाए

Advertisements:
Rk-Mainali

राधाकृष्ण मैनाली



६ भदौ, काठमाडौं । करीव दुई वर्षअघि नै एमालेमा फर्किएका पुराना वामपन्थी नेता राधाकृष्ण मैनालीले बल्ल पार्टीमा काम गर्ने जिम्मेवारी पाएका छन् ।


पार्टीमा केन्द्रीय सदस्य मनोनित भए पनि उनले अहिलेसम्म कुनै पनि विशेष जिम्मेवारी पाएका थिएनन् ।


सोमवार बसेको एमाले स्थायी कमिटी बैठकले विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्न चाहने व्यक्तिसँग समन्वय गरी उपयुक्त जिम्मेवारी प्रदान गर्न उच्चस्तरीय कार्यदल गठन गरेको छ । यो कार्यदलमा मैनालीले जिम्मेवारी पाएका छन् ।


महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा गठित कार्यदलमा राधाकृष्ण मैनालीलाई पनि सदस्यको जिम्मेवारी दिइएको छ । सो कार्यदलमा सचिवहरु प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ्ग र गोकर्ण विष्ट पनि छन् ।


मैनालीले यसअघि अध्यक्ष केपी ओलीसँग आफूलाई काम गर्नेखालको जिम्मेवारी दिन माग गरेका थिए । उनलाई पार्टीमा पनि विभिन्न दलबाट एमाले प्रवेश गर्न चाहनेसँग छलफल गर्ने जिम्मेवारी दिइएको थियो ।



एमाले स्थायी कमिटीले केन्द्रीय कमिटीको सातौं बैठक आगामी असोज ५-७ मा काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ ।



यो कार्यदलले विभिन्न पार्टीबाट एमालेमा आउन चाहने नेताहरुसँग छलफल गर्नेछ । एमाले स्थायी कमिटीले केन्द्रीय कमिटीको सातौं बैठक आगामी असोज ५-७ मा काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ ।


त्यस बैठकका लागि अध्यक्षका तर्फबाट प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, महासचिवका तर्फबाट प्रस्तुत हुने संगठनात्मक प्रतिवेदन, केन्द्रीय निकायहरुका प्रतिवेदनहरू तथा पार्टीको भावी कार्ययोजना लगायतका कार्यसूची तय गरिएको प्रचार बिभाग प्रमुख योगेश भट्टराईले बताएका छन् ।


बैठकले प्रदेश कमिटी गठनको टुंगो लगाउन नसकेकाले मंगलवार पुनः बस्ने भएको छ ।



दुई वर्षपछि एमालेमा राधाकृष्ण मैनालीले काम पाए
Advertisements:

0 comments:

Post a Comment

Recent Posts