Subscribe Twitter FaceBook

Pages

Wednesday, August 24, 2016

भारत जानु अघि नै संविधान संशोधन विधेयक दर्ता गराउन चाहन्छुः प्रचण्ड

Advertisements:

Prachanda,-Chairman-of-Maoist-Center


७ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जानु अगावै संविधान संशोधन विधेयक संसदमा दर्ता गराउन आफूले चाहेको बताएका छन् । साथै उनले यसबारे भोलिबाटै दलहरुसँँग छलफल थाल्ने जानकारी दिएका छन् ।


मंगलबार साँझ अनलाइनका सम्पादकहरुसँग भएको भेटमा प्रधानमन्त्री प्रचण्डले भने, ‘मधेसवादी दलहरुसँग हिजो छलफल भएको छ । अरु दलसँग भोलिबाट छलफल गर्छु ।’


सरकारलाई समर्थन गरेको मधेसी मोर्चाले सोमबार मात्र संविधान संशोधनबारे छलफल सुरु नगरेको भन्दै असन्तुष्टि जनाएको थियो । उसले भारत भ्रमण अघि नै संसदमा संविधान संशोधन विधेयक संसदमा दर्ता गर्न सरकारसँग माग गरेको थियो ।


प्रधानमन्त्री प्रचण्ड असोज ३० गते तीन दिने भारत भ्रमणमा जाने तयारीमा छन् ।


प्रधानमन्त्री प्रचण्डले यो सरकारले चुनाव गर्दैैन कि भन्ने शंका नगर्न आग्रह गरेका छन् । चुनाव नगर्ने र मुलुकलाई संवैधानिक राजनीतिक रित्ततामा लैजाने षड्यन्त्र भइरहेको विपक्षी दल एमालेको आरोपप्रति संकेत गर्दै उनले माओवादीका लागि चुनाव अपरिहार्य भएको बताए ।


उनले भने, ‘माओवादीका लागि हिजो संविधान बनाउनु जति महत्वपूर्ण थियो, अहिले चुनाव गराउनु पनि त्यति नै महत्वपूर्ण छ । चुनाव गराउँदैन कि भन्ने शंका नगर्न आग्रह गर्छु ।’


प्रधानमन्त्री प्रचण्डले जिल्ला विकास समितिका इलाकाहरुलाई नै स्थानीय निकाय बनाउँदा उपयुक्त हुने धारणा राखे ।



भारत जानु अघि नै संविधान संशोधन विधेयक दर्ता गराउन चाहन्छुः प्रचण्ड
Advertisements:

0 comments:

Post a Comment

Recent Posts