Subscribe Twitter FaceBook

Pages

Friday, August 26, 2016

कपिलवस्तुमा बसको ठक्करबाट एक जनाको मृत्यु

Advertisements:

Bike-Accident

१० भदौ, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका गडगौडा नजिकै बसले मोटरसाइकललाई ठक्कर दिँदा शुक्रबार एकजनाको मुत्यु भएको छ भने एक महिला घाइते भएकी छन् ।


अर्घाखाँची जलुके ६ लापे निवासी ४२ वर्षीय नारायण श्रेष्ठको घटनास्थलमै मुत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।


मोटरसाइकलको पछाडि बसेकी ५३ वर्षीय हरिकला थापा गम्भीर घाइते भएकी छन् । घाइते हरीकलाको चन्द्रौटामा रहेको सन्जिवानी सामुदायिक अस्पातालमा उपचार भैरहेको वडा प्रहरी कार्यलाय चन्द्रौटाका प्रहरी निरिक्षक राजकुमार सिलवालले जनकारी दिए ।


कृष्णनगरबाट किनमेल गरी लु ५ प ४१९० नम्बरको मोटरसाइकल चढेर घर फर्कने क्रममा बुटवलबाट कृष्णनगर जाँदै गरेको लु १ ख ४६६८ नम्बरको बसले उनीहरुलाई ठक्कर दिएको थियो ।



कपिलवस्तुमा बसको ठक्करबाट एक जनाको मृत्यु
Advertisements:

0 comments:

Post a Comment

Recent Posts