Subscribe Twitter FaceBook

Pages

Monday, August 22, 2016

महेन्द्र मञ्जिलको विद्युत काटेकोमा राप्रपा नेपालको विरोध

Advertisements:

६ भदौ, काठमाडौं । महेन्द्र मञ्जिलको विद्युत लाइन काटिएको विषयमा राप्रपा नेपालले विरोध गरेको छ ।


राप्रपा नेपालले विज्ञप्ति जारी गर्दै पूर्व मुमा बडामहारानी बस्ने महेन्द्र मञ्जिलको लाइन काटेकोमा विरोध गरेको हो । ‘पूर्व मुमा बडामहारानीलाई महेन्द्र मंजिलमा बस्ने व्यवस्था मिलाउने पूर्ण निर्णय उल्लंघन हुने गरी लाइन काट्नु सभ्य सरकारलाई सुहाउने विषय होइन’ प्रवक्ता राजाराम श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


राप्रपा नेपालले यो निर्णय सच्याउन र विद्युत आपूर्ति सुचारु गर्न सरकारसँग माग गरेको छ ।


RPP-Press-Release



महेन्द्र मञ्जिलको विद्युत काटेकोमा राप्रपा नेपालको विरोध
Advertisements:

0 comments:

Post a Comment

Recent Posts