Subscribe Twitter FaceBook

Pages

Saturday, August 27, 2016

‘हिरो’ बनिन् सोनाक्षी, नायक बराबारको पारिश्रमिक पाउने आशा

Advertisements:

sonaxi sinha

सन् २०१५ को सुरुवातमा चलचित्र ‘तेवर’ रिलिजपछि सोनाक्षी सिन्हा ठूलो पर्दावाट गायब जस्तै भइन् । दुई वर्ष अघि ८५ करोडमा बनेको ‘तेवर’ बक्स अफिसमा ५६ करोड ब्यापारमा सिमित भयो । यो सँगै चलचित्र असफल सूचीमा पर्‍यो ।


नयाँ चलचित्र ‘अकिरा’ले आफ्नो करिअर उचो बनाउनेमा अब यी नायिका आशावादी छिन् । जुन चलचित्रको निर्देशन गरेका छन् ए आर मुर्गदासले । जसले यसअघि ‘गजनी, स्टालिन र होलीडे’ जस्ता चलचित्र बनाएका थिए ।


मुर्गदास जस्ता निर्देशकसँग काम गर्न पाउनुलाई एउटा उपलब्धी मान्ने सोनाक्षीले यस चलचित्रमा आफु सोलो हिरोइन भएको बताइन् । यस चलचित्रमा काम गर्न भनेरै उनले पहिलो पटक मिक्स मार्शल आर्ट सिकेकी थिईन् । ‘चलचित्रमा एक्सन भुमिका निर्वाह गर्नका लागि मैले धेरै प्रशिक्षण लिनु पर्‍यो’ उनले भनिन् । त्यसो त उनले यही चलचित्रका लागि पहिलो पटक गीत पनि गाएकी छिन् ।


यसमा सोनाक्षीको साथै निर्देशक अनुराग कश्यपले पनि अभिनय गरेका छन् । अनुराग खलनायकको भुमिकामा छन् भने सोनाक्षी हिरोको भुमिकामा छिन् ।

यसमा अनुरागले भ्रष्ट प्रहरिको भुमिका निर्वाह गरेका छन्, जो अकिरा (सोनाक्षी)को अपहरण गर्छन् । पछि अकिरा नै घाँडो हुन्छे उनलाई ।


चलचित्रको ट्रेलर हेरे लगत्तै निर्देशक मुुर्गदासले सोनाक्षीलाई भनेका थिए-‘अब तिमी हिरो बन्यौ, अब तिमीले पनि हिरोले जती नै पारिश्रमिक पाउछ्यौ ।’

उनी हिरो र हिरोइनले समान पारिश्रमिक पाएको चाँडै हेर्न चाहन्छिन् । त्यो दिन निकै टाढा छ भन्नेमा पनि सचेत छिन् उनी । उनी भन्छिन्-‘हरेक महिलाले आफुलाई कमजोर नसोच्नु ।’



‘हिरो’ बनिन् सोनाक्षी, नायक बराबारको पारिश्रमिक पाउने आशा
Advertisements:

0 comments:

Post a Comment

Recent Posts