Subscribe Twitter FaceBook

Pages

Tuesday, August 23, 2016

पित्तथैलीको पथ्थरी हुनेमा मुटु रोगको जोखिम बढी

Advertisements:

 


Heart


काठमाडौ । पित्तथैलीमा पथ्थरी हुने मानिसमा मुटुरोगको जोखिम बढी हुने गरेको तथ्य एक अध्ययनबाट पत्ता लागेको छ ।


अमेरिकाका २ लाख ५० हजारभन्दा बढी युवाहरुको समुह (one-quarter million) मा गरिएका उक्त अध्ययनमा अनुसन्धानकर्ताहरुले पित्तथैलीमा पथ्थरी हुने मानिसमा मुटुरोगको जोखिम १७ प्रतिशतले बढ्ने फेला पारेका छन् ।


सामान्यतयाः पित्तथैली र मुटुमा एकैखालको रोगको लक्षण देखिने गर्छ । जस्तैः मोटोपना, टाईप २ मधुमेह, तथा उच्च कोलेस्टोरल । तर यस्ता कारणले मात्र यो खोजलाई पूर्णरुपमा व्याख्या गर्न नसक्ने अनुसन्धानकर्ताहरु बताउँछन् ।


कार्डियोलोजिस्ट रिचार्ड स्टिनका लागि यो अध्ययन पत्यार लाग्दो अध्ययन छ किनकी पित्तथैलीको पथ्थरी आँफैमा मुटु रोग निम्त्याउन सक्ने एउटा कारकतत्व हो ।


यस अनुसन्धानमा आवद्ध नभएका स्टिन न्युयोर्क युर्निभर्सिटी स्कुल अफ मेडिसिनस्थित अर्वान कम्युनिटी कार्डियोलोजी कार्यक्रमका निर्देशक हुन् ।


उनले पित्तथैलीमा पथ्थरी भएका मानिसहरुले आफ्नो मुटुबारे विशेष ध्यान दिनु पर्ने उल्लेख गरेका छन् ।


‘मुटुलाई स्वस्थ्य राख्ने खाना खाएमा, व्यायाम गरे तथा रक्तचापलाई नियन्त्रण गर्न सकेमा मात्र पनि यसको जोखिमबाट बच्न सकिन्छ’, अमेरिकन हार्ट एशोसियनका प्रवक्ता समेत रहेका स्टिनले भने ।


हाम्रो शरीरको सानो अंगको रुपमा रहेको पित्तथैलीमा एक प्रकारको तरल पदार्थ भण्डार भएर बसेको हुन्छ जसले बोसो, चिल्लोपना लगायतका खानालाई पचाउन मद्दत गर्छ ।


तर ती खानालाई पचाउन नसकेको अवस्थामा खानाका कण उक्त थैलीमा जमेर बस्न पुग्छ जुन विस्तारै विस्तारै कडा पदार्थको रुपमा विकसित हुन्छ । यसलाई नै हामी पथ्थरी भन्छौ ।


जब हामीले खाने असन्तुलित खाना पित्तथैलीमा गएर थुपि्रन्छ, तब पथ्थरीको विकास हुन्छ । अमेरिकन इन्टिच्युट अफ डायविटिज एण्ड डाइजेष्टिभ एण्ड किड्नी डिजिज (एनआइडिडिके)का अनुसार अधिकमात्राको कोलेस्टोरल यसको प्रमुख कारक हुनसक्छ ।


एनआइडिडिकेका अनुसार कयौं मानिसमा यसको लक्षण नदेखिन पनि सक्छ । तर खाना पचाउने ‘बाइल डक्ट’ बन्द भएको खण्डमा धेरै खाना खाएपछि यसले पेटमा दुखाइको महसुस हुन सक्छ । त्यस्तो अवस्थामा पृत्तथैली काटेर फाल्नुमात्र एक विकल्प रहन्छ ।


धेरै अध्ययनहरुले पित्तथैलीको पथ्थरी हुने मानिसमा मुटु रोगको जोखिम बढ्ने सुझाव दिएको छ । तर यस्ता अध्ययनका पनि केही सीमितता भएको न्यू ओर्लिनस्थित टुलेन विश्वविद्यालयकी प्राध्यापक डा. लु कीले जनाएकी छन् । उनी यस नयाँ अनुसन्धानका वरिष्ठ अनुसन्धानकर्ता समेत हुन् ।


कीको समुहले अमेरिकाको हेल्थ प्रोफेसनल्सहरुले जारी राखेकोे तथ्यांकसहितको तीन ठूला अध्ययनहरुको अनुसन्धान गरेको थियो ।


अध्ययनमा अनुसन्धानकर्ताहरुले २६९,००० पुरुष तथा महिलालाई झण्डै ३० वर्ष निगरानीमा राखेका थिए । त्यसमध्ये ६ प्रतिशत महिला तथा ३ प्रतिशत पुरुषले मात्र आफुलाई कुनै बेला पथ्थरी भएको बताएका थिए ।


महिलाहरुमध्ये कीको समुहले पित्तथैलीमा पथ्थरी भएका मानिसहरुमा मुटु रोगको जोखिम ३३ प्रतिशतले वृद्धि भएको फेला पारेको थियो । त्यस्तै, पुरुषहरुमा ११ प्रतिशतले जोखिम बढेको पाइएको थियो ।


प्राप्त नतिजालाई अनुसन्धानकर्ता पहिले नै सम्पन्न भएको अन्य चार अध्ययनसँग मिलाएको थियो ।


जसमा ९००,००० मानिस सामावेश थिए । समग्रमा, उनीहरुले पथ्थरी भइसकेका युवामा मुटु रोगको जोखिम २३ प्रतिशतले वृद्धि हुने गरेको फेला पारेका थिए ।


यद्यपी, उक्त अध्ययनले पथ्थरी र मुटुबीचको सम्बन्ध, यसको कारण तथा यसले नित्याउने असरबारे प्रमाण पेश गर्न सकेनन् । की,ले दिएको सुझाव अनुसार पेटको माइक्रोबायममा हुने परिवर्तनले यसमा भुमिका खेल्न सक्छ । अर्थात पेटमा पथ्थरी हुदाँ त्यसले माइक्रोबायोममा ल्याउने परिवर्तनले मुटु रोगको जोखिम बढाउने सम्भावना रहन्छ । माइक्रोबायम भनेको पेटमा रहने करोडौ व्याक्टेरिया हो ।


उनले यसको कारण जे जस्तो भएपनि की,ले ग्यास्ट्रोइन्टेस्टाइनल तथा मुटु बीच सम्बन्ध रहेको बताएकी छन् ।


‘त्यसैले मुटुको बचावका लागि तपाईंहरुले ग्यास्ट्रोइन्टेस्टाइनलको पनि ध्यान राख्न जरुरी छ’, उनले भनिन् ।


एनआइडिडिकेका अनुसार यस्ता पथ्थरी हुन सक्नेमा केही कारकतत्व छन् जसलाई नर्कान सकिन्न । जस्तै, परिवारमा कसैलाई पित्तथैलीको पथ्थरी भएको छ भने उसलाई यसको जोखिम बढी हुने गर्छ ।


तर अन्य कारक जस्तै मोटोपना, चिल्लोयुक्त खाना तथा धेरै कार्वोहाइडेट भएको खानालाई परिवर्तन गर्न सकेको खण्डमा यसमा कमी आउन सक्ने इन्टिच्युटको सुझाव छ ।


यो जोखिम पुरुषको तुलनामा महिलामा बढी हुन्छ ।


यो अध्ययन गत अगस्ट १८ तारीखमा आर्थिरायोस्केलिरोसी, थ्रोम्बोसिस तथा भास्कुलर बायोलोजीमा प्रकाशित छ ।



पित्तथैलीको पथ्थरी हुनेमा मुटु रोगको जोखिम बढी
Advertisements:

0 comments:

Post a Comment

Recent Posts