Subscribe Twitter FaceBook

Pages

Sunday, August 28, 2016

द्रुतमार्ग विदेशीलाई दिने कुरा कल्पना गर्न पनि सकिन्नः प्रधामनन्त्री

Advertisements:

१२ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं-निजगढ जोड्ने द्रुतमार्ग निर्माणको जिम्मा विदेशीलाई दिने कुराको कल्पनासमेत गर्न नसकिने बताएका छन् । द्रुतमार्ग निर्माणको जिम्मा भारतलाई दिन लागिएको भनेर गलत प्रचार भइरहेको प्रचण्डले बताए ।


Pushpakamal-Dahal-Prachand,‘केपी ओलीजी प्रधानमन्त्री हुँदा नेपालले नै फास्ट ट्रयाक बनाउने भन्ने निर्णय मेरो समर्थन गरिएको हो, जतिबेला म उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक थिएँ,’ नेपाल टेलिभिजनको नियमित कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’को शनिवारको श्रृंखलामा प्रचण्डले भने, ‘हिजोको निर्णयमा मैले कुनै परिवर्तन गरेको छैन । यो पनि आधारहीन प्रचार हो, यसमा कुनै सत्यता छैन । नेपालको राष्ट्रिय हितविपरित मेरो नेतृत्वको सरकारले कुनै काम गर्दैन ।’


भारतलाई राष्ट्रहित विपरितको पत्र नलेखेको स्पष्टोक्ती


आफूले भारतलाई राष्ट्रहित विपरितको पत्र नलेखेको उनले स्पष्ट पारे । सरकारका विशेष दूत विमलेन्द्र निधिमार्फत् सरकारले संविधान संशोधनको खाकासहितको पत्र पठाएको भन्ने प्रचारको उनले खण्डन गरे । औपचारिक कुटनीतिक विषयबाहेक पत्रमा कुनै कुरा उल्लेख नभएको प्रचण्डले जानकारी दिए ।


‘छिमेकी मित्रराष्ट्र भारतलाई सरकारले पठाएको पत्रबारे प्रतिपक्षी दलका साथीहरुको प्रचार सुन्दा दुःख लागेको छ । औपचारिक कुटनीतिक विषयबाहेक पत्रमा कुनै कुरा उल्लेख गरिएको छैन । मैले राष्ट्र हित विपरितको पत्र लेख्ने कुरा कल्पनासम्म गर्न सक्दिनँ,’ प्रधानमन्त्रीले भने, ‘आधारहिन प्रचारबाट एकछिन भ्रम दिन त सकिएला, तर प्रकारान्तरमा गलत प्रचार गर्ने साथीहरुकै विश्वसनियता घट्छ भन्ने म ठान्छु ।’


उनले नेपाल र भारतबीच भएको सम्झौताबारे अध्ययन र समिक्षाको प्रक्रिया अघि बढेको जानकारी पनि दिए । सरकारले गठन गरेको विज्ञ टोलीको सुझावअनुसार अघि बढ्ने प्रचण्डले बताए ।


उनले भने, ‘पहिलोपटक म प्रधानमन्त्री भएको बेला नै सन् १९५० लगायतका सन्धि सम्झौता पुनरावलोकन गर्ने कुरा उठाएको थिएँ । अहिले नेपाल र भारतबीच सन्धि सम्झौताबारे अध्ययन गर्न विज्ञहरुको टोली बनेको छ । यसले अध्ययन र समीक्षाको प्रक्रिया अगाडि बढेको छ । टोलीको सुझाव बमोजिम दुई देशबीच नयाँ समझदारीको कोशिस हुनेछ ।’


प्रधानमन्त्री प्रचण्डले सरकार विस्तार भएकाले अब रफ्तारका साथ अघि बढ्ने बताए । उनले गठबन्धन संस्कृतिलाई प्रोत्साहित गर्ने प्रतिबद्धता जनाए । ‘गठबन्धन संस्कृतिलाई ध्यान दिएर नै सहयात्री दलहरुसँगको विश्वासको वातावरण बनाउन केही समय कुरेका हौं । अब सरकार रफ्तारमा अगाडि बढ्छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।


सडक सुरक्षाका लागि कठोर कदम चाल्ने घोषणा


सवारी दुर्घटनाका घटनाले निकै गम्भीर बनाएको भन्दै उनले सडक सुरक्षाका लागि कठोर कदम चालिने बताए । ‘सडकको स्तरोन्नति, सवारी साधानहरुको चुस्त अवस्था, यान्त्रिक अनुगमन, अघोषित रुपमा कायम रहेको सिण्डिकेटको अन्त्य र नीति, नियममा कडाई गर्न आवश्यक छ,’ प्रचण्डले भने, ‘यसबारे गम्भीर छलफल भएको छ । गुणात्मक सुधारका लागि छिटै कठोर कदम चालिनेछ ।’


उनले विदेशमा रहेका नेपालीका समस्याबारे सरकार गम्भीर रहेको भन्दै उनीहरुका समस्या र पीडामा आवश्यक सम्बोधन गर्ने कोशिस गर्ने बताए । यसका लागि नीतिगत सुधार जरुरी रहेको प्रधानमन्त्रीले बताए ।


विदेशमा जाँदा लाग्ने खर्चमा कटौतीबारे पनि सरकारले सोच्ने भन्दै उनले यस दिशामा छिटै आवश्यक निर्णय लिने प्रतिबद्धता जनाए ।



द्रुतमार्ग विदेशीलाई दिने कुरा कल्पना गर्न पनि सकिन्नः प्रधामनन्त्री
Advertisements:

0 comments:

Post a Comment

Recent Posts