Subscribe Twitter FaceBook

Pages

Friday, August 26, 2016

धादिङ तरुण दल अध्यक्ष लागूऔषध कारोवार अभियोगमा पक्राउ

Advertisements:

१० भदौ, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका नेता दिनेश गुरुङ लागुऔषध कारोवारको अभियोगमा पक्राउ परेका छन् ।


Dinesh-Gurung,-Tarun-Dal-Dhगुरुङ तरुण दल धादिङका अध्यक्ष हुन् । उनलाई लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंको महाराजगञ्जबाट शुक्रबार दिउँसो पक्राउ गरेको हो ।


ब्युरो स्रोतका अनुसार गत चैतमा लागूऔषध एमफेटामाइन कारोवारको आरोपमा पक्राउ परेका नेत्र गुरुङ र चित्र तामाङले दिएको बयानका आधारमा दिनेश तामाङ भनिने दिनेश गुरुङ पक्राउ परेका हुन् ।


थाइल्याण्डमा बसेर एमफेटामाइनको कारोवार गर्दै आएका धर्म पाख्रिनले पठाउने एमफेटामाइन धर्मकै भाइ पुर्ण पाखि्रन र धादिङ तरुण दल अध्यक्ष दिनेशले बिक्री गर्ने गरेको खुलेको ब्युरो स्रातले बताएको छ ।


धादिङ मार्पाकका गुरुङ विगतमा प्रहरी कार्वाहीमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’को समूहमा थिए ।


ब्युरो स्रोतका अनुसार चरीको समुहमा सक्रिय हुँदा नै गुरुङले लागुऔषध कारोवार गरेका प्रहरीको भनाइ छ । विषेश गरेर धादिङमा उत्पादन हुने चरेस थाइल्याण्ड पठाउने र थाइल्याण्डबाट एमफेटामाइन नेपाल ल्याउने धन्दामा उनी सक्रिय रहेको प्रहरीले जनाएको छ ।


केहि महिना अघिमात्रै धादिङको तरुण दल अध्यक्षमा निर्वाचित भएका गुरुङले आफ्नो फेसबुक पेजमा कांगे्रस सभापति शेरबहादुर देउवा, यातायातमन्त्री रमेश लेखकलगायतका नेताहरुसँग खिचेको तस्वीरसमेत राखेका छन् ।



धादिङ तरुण दल अध्यक्ष लागूऔषध कारोवार अभियोगमा पक्राउ
Advertisements:

0 comments:

Post a Comment

Recent Posts