Subscribe Twitter FaceBook

Pages

Wednesday, August 24, 2016

तामाको अचार खाँदा पाँचथरमा दुई बालबालिकाको मृत्यु

Advertisements:

८ भदौ, पाँचथर । तामाको अचार खाँदा पाँचथरमा दुई बालबालिकाको मृत्यु भएको छ ।


tamaमंगलबार विहान खानासँग तामाको अचार खाँदा पाँचथर नागी तीन निवासी दुर्गा राईका ८ वर्षीया छोरी सरिता राई र ७ वर्षीया सन्तोष राईको मृत्यु भएको हो ।


खानासँग तामाको अचार खाए लगत्तै टाउको दुख्ने र वान्ता हुने समस्या देखिए लगत्तै सन्तोषको ज्यान गएको थियो भने सरितालाई उपचारका लागि नांगीन ४ त्रितियास्थित क्लिनिकमा पुर्‍याए लगतै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।


घटनाको जानकारी पाउनासाथ त्यसतर्फ खटेको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकृत विजय श्रेष्ठले वताए ।



तामाको अचार खाँदा पाँचथरमा दुई बालबालिकाको मृत्यु
Advertisements:

0 comments:

Post a Comment

Recent Posts