Subscribe Twitter FaceBook

Pages

Saturday, August 27, 2016

यस्तो ढुंगा, जसलाई फुटाउँदा रगत निस्किन्छ

Advertisements:

stone_bloodपृथ्वीमा कैयौँ प्रकारका ढुंगा पाइन्छन् । तर सबै पत्थरको एउटा साझा विशेषता भनेको यी सबै निर्जिव वस्तु हुन् ।


तर कुनै पत्थर टुक्रिँदा वा त्यसलाई काट्दा सजिव प्राणीको शरीरबाट जस्तै रगत निस्किएको सुन्नुभएको छ ? सायद छैन होला । तर यो साँचो हो की यो पत्थरलाई फुटाउँदा केवल रगत निस्किने मात्र होइन की यो पत्थरको मासु समेत निकै महंगोमा बिक्रि भैरहेको छ ।


चिली तथा पेरुको समुद्री किनाराहरुमा यस्तो ढुंगा पाइन्छ । यो पथ्थरलाई एथगचब ऋजष्भिलकष्क नामले चिनिन्छ । जब यो पत्थरलाई फोडिन्छ तब यसभित्रबाट रगत निस्किन थाल्दछ । यो पत्थरभित्र मासु पनि हुन्छ । बाहिर निकै कडा देखिने यो पत्थर भित्र निकै नरम हुन्छ ।


समुद्रको गहिराइसम्मै पुगेर यो पत्थरको खोजी गर्दछन् मानिसहरु । कारण, यो पत्थरभित्रको मासु निकै महंगोमा बिक्रि हुन्छ दुनियाका विभिन्न देशमा । यो ढुंगाको मासु काँचै खान मन पराइन्छ ।


अाखिर ढुंगाबाट रगत आउन र ढुंगाभित्र मासु हुन सम्भव छ त ? कुनैपनि हालतमा छैन । वास्तवमा यो निर्जिव ढुंगा नभै एउटा सामुदि्रक जिव हो ।


जसले स्वास पनि फेर्दछ र खाना पनि खान्छ । यसले आफ्नो लिंग पनि बदल्छ र बच्चा पनि जन्माउँछ । तर यो देख्दा हुबहु ढुंगाजस्तै देखिन्छ । त्यसैले यो रगत आउने पत्थरको नामले चिनिन्छ ।



यस्तो ढुंगा, जसलाई फुटाउँदा रगत निस्किन्छ
Advertisements:

0 comments:

Post a Comment

Recent Posts