Subscribe Twitter FaceBook

Pages

Monday, August 22, 2016

एमालेलाई उपेन्द्र यादवको आग्रह-संविधान संशोधनमा सघाऊ

Advertisements:

५ भदौ, सप्तरी । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनमा एमालेले पनि सहयोग गर्नु पर्ने बताएका छन् ।


Upendra-Yadav-press-meet

फाइल फोटो



तेस्रो मधेस आन्दोलनका क्रममा मारिएका राजीव राउतसहितका सम्झनामा फोेरम नेपालले कार्यक्रम गरेको छ ।


‘यदि एमालेलाई मधेस र मधेसका जनता चाहिन्छ भने संविधान संशोधनमा दुई तिहाई पुर्याउनुमा सहयोग गर्नु जरुरी छ’ भारदहमा आयोजना गरेको सहिद स्मृतिसभालाई सम्बोधन गर्दै यादवले भने, ‘एमालेलाई मधेसका जनताले संविधान संशोधनको बिषयमा गम्भीर भएर हेरिरहेका छन् ।’


संविधान संशोधनमा एमालेको साथ खोजेका उनले मधेसीमाथि नरसंहार गरेको भन्दै तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्न भने छाडेनन् ।


अहिलेको संविधान अपूरो रहेको बताउँदै यादवले वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यो महसुस गरेको सुनाए । ‘दाहालजीले पनि संविधानमा त्रुटि रहेको महसुस गर्नुभएको छ’ उनले भने, ‘उहाँले संविधान संशोधन गरेर मधेसी, जनजाति सबैलाई अधिकार दिलाउने प्रतिबद्धता व्यक्त गरेकै कारण सरकार बनाउन सघाएको हौं ।’


वर्तमान सरकारले संविधान संशोधन गरेर देशलाई निकास दिने र मधेसलाई खुसी पार्ने विश्वास उनले व्यक्त गरे । सरकारले पनि बेइमानी गरेमा आफूहरु सशक्त आन्दोलन गर्ने यादवको चेतावनी थियो ।



एमालेलाई उपेन्द्र यादवको आग्रह-संविधान संशोधनमा सघाऊ
Advertisements:

0 comments:

Post a Comment

Recent Posts