Subscribe Twitter FaceBook

Pages

Sunday, August 28, 2016

पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीको निधन

Advertisements:

१२ भदौ, काठमाडौं । पूर्व मन्त्री एवं जनजाति अगुवा गोरेबहादुर खपाङ्गीको निधन भएको छ । खपाङ्गीको उपचारको क्रममा राजधानीको न्यूरो अस्पतालमा निधन भएको हो ।


goraebahadurपिसावमा समस्या देखिएपछि खपाङ्गीलाई शनिबार अस्पताल लगिएको थियो । अस्पतालबाट उपचार गरि निवास ललितपुर नख्खुदोबाटो लगिएपनि समस्या आएपछि शनिबर पुन अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा खपाङ्गीको १० बजेर २२ मिनेटमा निधन भएको गोरेबहादुर फाउन्डेसनका भवेश भूमारीले जनाए ।


खपाङ्गी तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनको समयमा २०५९ साल भदौ २२ गते ८ महिनासम्म महिला तथा बालबालिका मन्त्री बनेका थिए ।


नेकपा मालेबाट राजनीतिमा प्रवेश गरेका  खपाङ्गी पार्टी परित्याग गरि राष्ट्रिय जनमुक्ति पार्टीका सँस्थापक महासचिब हुँदै हाल लिवरल डोमेक्रयाटिक पार्टीको अध्यक्ष थिए ।



पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीको निधन
Advertisements:

0 comments:

Post a Comment

Recent Posts