Subscribe Twitter FaceBook

Pages

Tuesday, August 23, 2016

कपडाका मास्कले धुलोधुवाँ छेक्नै नसक्ने

Advertisements:

Using-Mask७ भदौ, काठमाडौं । राजधानीमा वायु प्रदुषणबाट बच्न प्रयोग हुने कपडाका मास्कले धुलो र धुँवाको कण छेक्नै नसक्ने तथ्य सार्वजनिक भएको छ ।


काठमाडौं उपत्यकामा प्रयोग भइसकेका मास्कको प्रयोगशाला परीक्षणसहित गरिएको अध्ययनमा ८० देखि ९० प्रतिशतसम्म प्रदुषणका कण छिर्ने गरेको पत्ता लागेको हो ।


अमेरिकाको मासाचुसेट्स विश्वविद्यालयका प्राध्यापक रिचार्ड पेल्टियर र नेपाली वैज्ञानिक कविन्द्र शाक्यले गरेको अध्ययनअनुसार त्यस्ता मास्कले धुलो र धुँवाका कण पटक्कै छेक्दैनन् । मास्कभित्रै प्रदुषणका कण जम्मा भएर बस्ने आजको अन्नपूर्णमा समाचार छ ।


साइन्स एण्ड इन्भाइरोमेन्ट इपिडिमियोलोजीमा प्रकाशित प्रतिवेदनअनुसार कपडाको मास्क प्रयोग गर्दा ८० देखि ९० (सेन्थेटिक पार्टिकल्स) प्रतिशत नाकमुखभित्र छिरेको थियो । ‘डिजेल इन्जिन भएको ट्रकको छेसमा बस्दा त झन् अवस्था भयावह हुन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘मास्कले छेक्छ भनेर ढुक्क हुनु रोग निम्त्याउनु हो ।’


अस्पतालमा प्रयोग गर्ने सर्जिकल मास्कले भने तुलनात्मक रुपमा धुलोका कण बचाएको पाइएको छ । तर यो पनि भरपर्दो  र पूर्ण विश्वासिला भने छैनन् । धोएर पुनः प्रयोग हुने मास्क सबैभन्दा खतरायुक्त भएको निष्कर्ष छ ।



कपडाका मास्कले धुलोधुवाँ छेक्नै नसक्ने
Advertisements:

0 comments:

Post a Comment

Recent Posts