Subscribe Twitter FaceBook

Pages

Wednesday, August 24, 2016

कार्गो गरेर डलर ल्याउँदै नेपाली बैंक

Advertisements:

८ भदौ, काठमाडौं । बजारमा अमेरिकी डलर अभाव बढेपछि चार बाणिज्य बैंकले विदेशबाट कार्गो गरेर डलर ल्याउने गृहकार्य थालेका छन् ।


dollar4आफूले विदेशमा राखेको अमेरिकी डलर कार्गो गरेर नेपाल भित्र्याउने गृहकार्यमा ती बैंक जुटेका हुन् ।


नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकले विदेशी डलर ल्याउने गृहकार्य अघि बढाएको नेपाल राष्ट्र बैंकका विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले जानकारी दिएको आजको राजधानी दैनिकमा समाचार छ ।


‘विदेश जाने सबैले नगद डलरको माग नर्ग थालेपछि डलर अभाव भएको छ, यसको पूर्तिका लागि चार वाणिज्य बैंकले विदेशबाट कार्गौ गरेर डलर ल्याउने गृहकार्य अगाडि बढाएका छन् ,’ कार्यकारी निर्देशक ढुंगानाले बताए ।


सबै बाणिज्य बैंकको विदेशी बैंक खातामा विदेशी मुद्रा राख्ने गरेका हुन्छन् । केही दिनयता नेपाली बजारमा डलरको अभाव छ ।



कार्गो गरेर डलर ल्याउँदै नेपाली बैंक
Advertisements:

0 comments:

Post a Comment

Recent Posts