Subscribe Twitter FaceBook

Pages

Saturday, August 27, 2016

विहेको जग्गेबाट खोसिँदै कलिला जोडी

Advertisements:

marriage११ भदौ, काठमाडौं । पूवी सुर्खेतको मैनतडा निवासी १५ वर्षीया विमला विक परिवाको दबाबमा गाउँकै युवकसँग भागिन् ।


उमेर नपुग्दै विवाहको लागि विमला भागेको सूचना स्थगानीय किशोरीहरुले पाए । कक्षा आठमा पढ्दै गरेकी विमलाको विवाह हुँदै थियो ।


तर कलिलैमा विवाह गर्न लागेको भन्दै गाउँका किशोरी मिलेर विमलालाई मण्डप (जग्गे) बाटै खोसेर लगे । इच्छा विपरीत हुन लागेको विमलाको विवाह रोकियो ।


मैनतडाकै १३ वर्षीया संगीता तिरुवा सात कक्षामा पढ्दा पढ्दै गाउँकै किशोरसँग भागिन् । परिवारले खोजीका लागि हारगुहार नै गरे ।


केटा पक्षले रातारात विवाहका लागि जग्गे तयार पारे । उनको विहेको प्रक्रिया चल्दै थियो । बालविवाहविरुद्ध गस्तीमा निस्केका स्थानीय किशोरीले संगीतालाई जग्गेबाटै खोस्ने क्रममा किशोरी र दलाह पक्षबीच चर्काचर्की भयो ।


अन्ततः किशोरीहरुले कलिलैमा विवाह गर्न नहुने भन्दै समझाएपछि गाउँलेले पनि साथ दिए विवाह रोकियो ।


जिल्लामा उमेर नपुग्दै विवाह गर्ने क्रम बढेपछि त्यसलाई रोक्न किशोरीहरुले अभियान नै सुरु गरेका छन् । उनीहरु सामूहिक रुपमानै बालविवाह रोक्ने अभियानमा जुटेका हुन् ।



विहेको जग्गेबाट खोसिँदै कलिला जोडी
Advertisements:

0 comments:

Post a Comment

Recent Posts