Subscribe Twitter FaceBook

Pages

Tuesday, August 23, 2016

तीजको नाच हेर्न गएका दुई जनाको गोली हानेर हत्या

Advertisements:

Dead-Body-Raju-Roka,-Khabar


६ भदौ, दाङ । देउखुरीको गढवामा तिजको नाच हेर्न गएका दुई ब्यक्तिको गोली हानी हत्या भएको छ ।


गढवा-५ खबरीनाका निवासी ३२ वर्षीय कर्णबहादुर पुनले स्थानीय ३२ वर्षीय राजु रोका र कालु रोकालाई भरुवा बन्दुकले हानेर हत्या गरेको दाङका प्रहरी प्रमुख एवं एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।


गोली लागेर गम्भीर घाइते कालु रोकाको उपचारका लागि बाँकेको कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । अर्का घाइते राजु रोकाको लमही स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो ।


गएराति खबरी नाकामा स्थानीय तीजको नाच हेर्न भेला भएका थिए । तिजको नाच हेर्न पुगेका रोकाद्वयलाई पुनले पुरानो रिसिवि साँध्न गोली हानेको एसपी सिंहले बताए । ‘पुनले योजनाबद्ध रुपमा आक्रमण गरेको देखियो, उसले पहिले नै भरुवा बन्दुक लुकाएर राखेको रहेछ, जब रोकाद्वय मोटरसाइकलमा चढेलगत्तै उसले गोली हान्दा एउटाको घाँटी छेड्दै अर्कालाई पनि गोली लागेको पाइएको छ ।’


गएराति साढे १० बजे मदिरा सेवन गरेका पुनले रोकाद्वय मोटरसाइकलमा चढ्ने वित्तिकै गोली हानेको खुल्न आएको प्रहरीले बताएको छ ।


मृतक एक जनाको शव प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा राखिएको छ, भने अर्काको शव कोहलपुरमा राखिएको छ ।


गोली हाल्ने कर्णबहादुर पुन भने फरार रहेको प्रहरीले बताएको छ । पुन भागेर कतै जान नपाउन् भनेर सबै नाका बन्द गरिएको छ ।


खबरी गाउँमा एक सय घर छन् । ति घरमा अधिकांशले भरुवा बन्दुक लुकाएर राखेको र जंगलमा शिकार खेल्न प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले केही बन्दुक बरामद गरे पनि गाउँमा अझै पनि बन्दुक राखेको पाइएको छ ।



तीजको नाच हेर्न गएका दुई जनाको गोली हानेर हत्या
Advertisements:

0 comments:

Post a Comment

Recent Posts