Subscribe Twitter FaceBook

Pages

Friday, August 26, 2016

एयरपोर्टबाटै ओलीले भने- प्रचण्डका झूठा कुरामा प्रतिक्रिया दिन्न

Advertisements:

KP-Oli


९ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डमा साँचो बोल्ने नैतिक बल गुमिसकेको भन्दै प्रचण्डका कुराप्रति आफूले कुनै प्रतिक्रिया दिन नचाहने बताएका छन् ।


सत्य बोल्दा आफ्नै बदनाम हुने भएपछि प्रचण्डले भ्रम फैलाउन थालेको ओलीको आरोप छ । उपचारका लागि थाइल्याण्ड प्रस्थान गर्नुअघि विहीबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले भने- साँचो बोल्ने हिम्मत नभएका मान्छेका बारेमा कुनै प्रतिक्रिया दिनु छैन ।


ओली नियमित स्वास्थ्य जाँचका लागि बैंकक गएका हुन् । उनले त्यहाँस्थित बुमरङगार्ड अस्पतालमा उपचार गराउनेछन् । त्यसपछि उनी चेङमईका नेपालीहरुको कार्यक्रममा सहभागी हुनेछन् । उनले यसबीचमा इण्डोनेशियामा आयोजित कार्यक्रमलाई पनि सम्बोधन गर्नेछन् ।


अध्यक्ष ओलीलाई बिदाइ गर्न विमानस्थलमा कार्यवाहक अध्यक्ष गौतम, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्य किरण गुरुङ लगायत नेताहरु पुगेका थिए ।


वामदेवलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी


यसैवीच नेकपा एमालेमा कार्यवाहक अध्यक्षको जिम्मेवारी बरिष्ठ उपाध्यक्ष वामदेव गौतमले पाएका छन् । स्वास्थ्य उपचारका सिलसिलामा करीव दुई साताका लागि विदेश भ्रमणमा निस्किएका अध्यक्ष ओलीले वामदेवलाई कार्यवाहक अध्यक्षको जिम्मा दिएका हुन् ।


महासचिव ईश्वर पोखरेलले विहीबारै गौतमलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको पत्र हस्तान्तरण गरेको कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।


संविधान संशोधन लगायतका विषयमा प्रधानमन्त्रीले प्रमुख दलहरुको सहमति जुटाउने बताइरहेका बेला विपक्षी दलका नेता दुई साताका लागि विदेशतिर लागेका हुन् । ओलीको विदेश यात्राले राजनीतिक प्रक्रियालाई गति दिनका लागि समस्या पर्न सक्ने देखिएको छ ।


यसवीचमा सरकारले मधेसी मोर्चालाई समेट्न संविधान संशोधनको प्रक्रिया अघि बढाउन लागेको छ र एमालेको स्थायी समिति बैठकले त्यसमा नकारात्मक प्रतिक्रिया दिइसकेको अवस्था छ ।


उता केपी ओली उपचारका लागि बैंकक लागेको भोलिपल्टै अर्थात् शुक्रबार सत्तारुढ दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पनि उपचारकै लागि सिंगापुर जाँदैछन् ।



एयरपोर्टबाटै ओलीले भने- प्रचण्डका झूठा कुरामा प्रतिक्रिया दिन्न
Advertisements:

0 comments:

Post a Comment

Recent Posts