Subscribe Twitter FaceBook

Pages

Tuesday, August 23, 2016

मन्त्री छान्न विवाद छैन, भोलिसम्म सबै टुंगिन्छः कांग्रेस सभापति देउवा

Advertisements:

Sher-bahadur-and-Shashank


७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको तर्फबाट सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाइसकेको बताएका छन् । उनले मन्त्री छनोटका विषयमा पार्टीमा कुनै पनि विवाद नरहेको बताए ।


कांग्रेस महामन्त्री शशांक कोइरालाले मंगलबार टोखास्थित निवासमा आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रममा देउवाले भने, ‘सबै टुंगो लागिसकेको छ । बुधबार मन्त्रिपरिषद विस्तार हुन्छ ।’


कांग्रेसले भागमा परेका १३ मन्त्रालयमध्ये हालसम्म विमलेन्द्र निधि र रमेश लेखकमात्र सरकारमा छन् । अझै ११ जनालाई कांग्रेसले छनोट गर्न बाँकी छ ।


पार्टीमा विवाद भएर मन्त्रीहरु पठाउन ढिला गर्नु भएको हो ? भन्ने पत्रकारको जिज्ञासामा देउवाले भने, ‘पार्टीमा कुनै विवाद छैन । टुंगो लागिसकेको छ । सबै काम भोलि हुन्छ ।’


कार्यक्रममा कांग्रेस महामन्त्री शशांक कोइरालाले वीपी कोइरालाको समाजवादी सिद्धान्तअनुसार कांग्रेसलाई अघि बढाउनुपर्ने चुनौति रहेको बताए । उनले सबै मिलेर यो चुनौतिको सामना गर्ने बताए । भेटघाट तथा चियापान कार्यक्रममा आइदिएको भन्दै उनले सबैलाई धन्यवाद दिए ।


कोइराला लामो समयको उपचारपछि मंगलबार पहिलोपटक सार्बजनिक भएका हुन् । उनले आफ्नै निवासमा आयोजना गरेको चियापान कार्यक्रममा जिल्ला कांग्रेसका शिर्ष नेताहरु, जिल्ला सभापतिहरु र कार्यकर्ताहरु सहभागी थिए ।



मन्त्री छान्न विवाद छैन, भोलिसम्म सबै टुंगिन्छः कांग्रेस सभापति देउवा
Advertisements:

0 comments:

Post a Comment

Recent Posts