Subscribe Twitter FaceBook

Pages

Tuesday, August 23, 2016

बिहेपछि छोटो पहिरन मिस गर्दै यी नायिका

Advertisements:

harshika shrestha

बिहेपछि अधिकांश नायिका चलचित्र क्षेत्रबाट नै हराउँछन् । धेरैको नाम समेत दर्शकले विर्सन्छन् । यसैले, चलचित्र क्षेत्रमा आउनु भन्दा टिक्नु गाह्रो कुरा हो ।

बिहे गरेको केही समयमा नै नायिका हर्षिका श्रेष्ठ अहिले हराए जस्तै भएकी छिन् । तर, नायिका श्रेष्ठ आफूले त नेपाल बाहिर बिहे गरेकाले करिअर र घरवार एकसाथ लैजान गाह्रो भएको बताउँछिन् ।


हर्षिकाले धेरै चलचित्रमा छोटा-छोटा पहिरन लगाएर नायकसँग रोमान्स गरेकी छिन् । बिहेपछि भने उनी यो कुरा मिस गर्दैछिन् । अनलाइनखबरसँग कुरा गर्दै नायिकाले कोलकत्तामा आफ्नो परिवारको संकृती अनुसार आफू चल्नु परेकाले पनि लामो कपडा, सारी लगाउने गरेको बताइन् । कहिलेकाही आफूले पहिले लगाएका पहिरन हेर्दा आफूलाई नै अचम्म लाग्ने भन्दै यस्ता पहिरन मिस गरेको उनले सुनाइन् ।


नायिका श्रेष्ठ आफू अब फेरि चलचित्रमै सक्रिय हुने बताउँछिन् । उसो त, चलचित्रमा सक्रिय हुँदा पनि उनले अभिनय गरेका चलचित्रले खासै गतिलो व्यापार भने गरेको थिएन ।



बिहेपछि छोटो पहिरन मिस गर्दै यी नायिका
Advertisements:

0 comments:

Post a Comment

Recent Posts