Subscribe Twitter FaceBook

Pages

Friday, August 26, 2016

यात्रुवाहक बस त्रिशुली नदीमा खस्यो, यात्रुको अवस्था अज्ञात

Advertisements:

१० भदौ, काठमाडौं । रौतहटबाट काठमाडौंको लागि छुटेको यात्रुबहाक बस दुर्घटनामा परेको छ ।


Jeep-Accidentबस मुग्लीनको कालीखोला क्षेत्रबाट त्रिशुली नदिमा खसेको प्रहरीले जानकारी दिएको छ ।


नेपाल प्रहरी सञ्चार शाखा मुग्लीनले दिएको जानकारी अनुसार यात्रुबहाक बस त्रिशुलीमा खसेको हो । बसको नम्बर र अन्य जानकारी नआएको प्रहरीले जनाएको छ ।


बसको केही भागमात्र नदीबाहीर देखिएकोले हताहतीको संख्या धेरै रहेको अनुमान प्रहरीको छ । प्रहरीले बसमा ४० जना यात्रु रहेको हुनसक्ने बताएको छ ।


प्रहरी , सशस्त्र प्रहरीको टोली घटना स्थलमा उद्धारमा खटिएको प्रहरीले जनाएको छ ।



यात्रुवाहक बस त्रिशुली नदीमा खस्यो, यात्रुको अवस्था अज्ञात
Advertisements:

0 comments:

Post a Comment

Recent Posts