Subscribe Twitter FaceBook

Pages

Saturday, August 27, 2016

युनिटीको टाइटल सार्वजनिक

Advertisements:

unityकाठमाडौं । यस अघि चलचित्र राहदानी बनाएका डब्बु क्षेत्रीले ‘युनिटी’ निर्देशन गर्ने भएका छन् । २०६० देखि ०६८ को बीचमा नेपालमा फस्टाएको नेटवर्किङ व्यसबासयमा क–कसको हात थियो भन्ने बारे यो चलचित्रले भण्डाफोर गर्ने निर्देशक डब्बु क्षेत्रीले बताए ।


सिने मनबल इन्टरप्राईजेज र कर्पोरेट म्यागजिनको सँयुक्त लगानीमा यो चलचित्र निर्माण हुन लागेको हो ।


शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्ट र उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सँयुक्त रुपमा चलचित्रको ‘टाईटल’ उद्घाटन गरे ।


अध्यक्ष विष्टले पत्रकारले निर्देशन गर्न लागेको यो चलचित्र राम्रो बन्नेमा आशावादी भएको बताए ।


उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले महासंघ चलचित्र उद्योगको विकासको पक्षमा रहेको बताए । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले यो चलचित्रले सिर निहुराउने काम नगरोस भन्दै नेपाली पत्रकारहरुले अन्याय अत्याचार भष्टाचार बिरुद्ध लड्दै आएको यथार्थ बाहिर ल्याओस भन्ने सुझाब दिए ।


आटो मोवाईल पत्रकार संघका अध्यक्ष उज्ज्वलजँग शाहले नेपाली पत्रकारहरुको योगदानलाई सही रुपमा बाहिर ल्याउन आफुले यो चलचित्र निर्माण गर्न लागेको बताए ।



युनिटीको टाइटल सार्वजनिक
Advertisements:

0 comments:

Post a Comment

Recent Posts