Subscribe Twitter FaceBook

Pages

Thursday, August 25, 2016

देउवाको दुखेसोः मन्त्री र पदाधिकारीमा मारमार छ, अब हाम्रो समय सकियो !

Advertisements:

Ser-Bahadur-Dauba


९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लामो भाषण गर्दैनन् । उनले जति बोल्छन्, केही न केही हँसाउछन् ।


कहिलेकाँहि छोटो भाषणमै निकै गम्भीर कुराहरु पनि घुसाउँछन् । विहीबार राजधानीमा भाषण गर्नेक्रममा देउवाले आफूभित्रको दुःखलाई समेत छोटो शब्दमा उजागर गरे ।


कांगेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले बिहीबार राजधानीमा नयाँ निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको प्रमुख अतिथिका रुपमा देउवालाई निम्त्याइएको थियो ।


तर, उनी दुईघण्टा ढीलो कार्यक्रमस्थलमा पुगे । कार्यक्रमस्थलमा पुगेर सम्वोधन गर्ने क्रममा देउवालेे नेता हुनुको दुःख खोतल्ने प्रयास गरे । उनले विद्यार्थी नेताहरुसँग भने, ‘नेतृत्वमा पुगेपछि फूलमाला लगाउन जति सजिलो हुन्छ, त्यति नै चुनौतिहरु पनि थुप्रन थाल्छन् ।’


कांग्रेसभित्र यतिबेला मन्त्री बन्न खोज्ने र पदाधिकारीमा मनोनयन हुन खोज्नेहरुले हैरान पारेकोतर्फ संकेत गर्दै देउवाले अगाडि भने, ‘अहिले मेरो हालत त्यस्तै भै’राछ, मन्त्री कसलाई बनाउने, पदाधिकारी कसलाई बनाउने मारामार छ ।’


अब हाम्रो समय सकियो !


कांग्रेस सभापति देउवाले अब आफूहरुको समय सकिएको भन्दै विद्यार्थीलाई अगाडि बढ्न आग्रह गरे । नेविसंघको अहिलेको नेता नै भोलिको पार्टी सभापति हुने बताउँदै देउवाले भने, ‘अब हाम्रो समय सकियो, कांग्रेसको भविष्य तपाईंहरुको हातमा छ, म पनि नेविसंघको पूर्व अध्यक्ष हुँ, ३ पटक प्रधानमन्त्री पनि भएँ । अब पालो तपाईंहरुको हो ।’


आफू कांग्रेस सभापतिमा निर्वाचित भएलगत्तै नेविसंघको अधिवेशन गराउने आफ्नो प्रतिवद्धता पूरा भएको भन्दै देउवाले सन्तोष व्यक्त गरे । ‘म सभापति भएलगत्तै नेविसंघको चुनाव गराउँछु भनेको थिएँ, चुनाव गराउन नसकेर झण्डै लाजमर्दो भएन,’ उनले हाँसो गरे ।


देउवाले नेविसंघको नयाँ कार्यसमितिलाई बिद्यार्थीको हितमा काम गर्न सुझाव दिए । ‘कांग्रेस बलियो हुन भातृ संगठन बलियो हुनुपर्छ, विद्यार्थीका लागि काम गर्नुस् पार्टीले सहयोग गर्छ’ देउवाले भने ।


देउवाले नेविसंघको नयाँ नेतृत्वलाई असन्तुष्ट सबैलाई समेटेर अघि बढ्न आहृवान गरे । भातृ संगठनको निर्वाचनमा कसैको जित-हार नहुने उनले प्रष्ट पारे । उनले भने, ‘सबैलाई मिलाएर संगठनलाई अगाडि बढाउनुस् ।’



देउवाको दुखेसोः मन्त्री र पदाधिकारीमा मारमार छ, अब हाम्रो समय सकियो !
Advertisements:

0 comments:

Post a Comment

Recent Posts