Subscribe Twitter FaceBook

Pages

Saturday, August 27, 2016

डीप्रेशनको औषधी खादै ‘माग्ने बुढा’

Advertisements:

kedar_magne buda

विभिन्न चलचित्र एवं टेलिचलचित्रमा अभिनय गरेर दर्शकलाई हँसाउदै आएका हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा) आफैं डीप्रेशनको शिकार भए भन्नेे सुन्दा दर्शकलाई विश्वास नलाग्न सक्छ ।


तर, यथार्थ यही हो । पेटको रोगको उपचारपछि घरमै उपचार गरिरहेका माग्नेले अहिले डीप्रेशनको समेत औषधी खान सुरु गरेका छन् । नयाँ हाँस्य श्रृङ्खला ‘खास खुस’ प्रशारण सुरु भएपछि उनी बिरामी परेका थिए । पछिल्लो समय युट्युब च्यानलबाट ‘खास खुस’ प्रशारण भएपनि माग्ने बुढा उपस्थित छैनन् । धेरै दर्शकले सोध्ने गरेका छन् खै त माग्ने । उनले यही प्रश्नको जवाफ दिने उद्देश्यले एउटा भिडियो समेत पोष्ट गरेका छन् ।


पेटमा अल्सर भएपछि उनी उपचारपछि घरमै थिए । पछि डीप्रेशन भएको माग्ने स्वयंले बताएका छन् । अहिले उनले तिन प्रकारको औषधी खाइरहेका छन् ।


एल्लोप्याथिक र आयुर्वेदको औषधि खाइरहेका माग्ने हरेक दिन नौ वटा जति औषधी खान्छन् । पेटको समस्या समाधान हुँदै गएको जानकारी दिँदै उनका परिवारका सदस्यले माग्नेको स्वास्थ्य राम्रो हुँदै गएको बताएका छन् । उनी बिहिबार ‘सुर्के थैली’ बोलको गीतले युटुबमा १ करोड भ्यू पाएको अवसरमा आयोजित एक कार्यक्रममा पनि उपस्थित भएका थिए ।



डीप्रेशनको औषधी खादै ‘माग्ने बुढा’
Advertisements:

0 comments:

Post a Comment

Recent Posts