Subscribe Twitter FaceBook

Pages

Sunday, August 28, 2016

साढे ८ करोड रुपैयाँमा बिक्यो एप्पलको पहिलो कम्प्युटर

Advertisements:

First Apple computeएप्पल कम्पनीले निर्माण गरेको पहिलो पुस्ताको कम्प्युुटर एप्पल वानको नमूना झण्डै ८ करोड रुपैयाँमा बिक्रि भएको छ ।


इलेक्ट्रोनिक्स संस्मरणको एक सुनौलो संग्रहणीय वस्तुको रुपमा रहेको एप्पल वानको प्रोटोटाइप सन् १९७६ मा बनेको हो ।


एप्पल संस्थापक स्टिभ जब्स र स्टिभ वोज्नियाकले केवल २ सय वटा एप्पल वान निर्माण गरेका थिए पहिलोपटक ।


यो हप्ता लिलाम बढाबढमा बिक्रि भएको एप्पल वान भने व्यवसायिक रुपमा उत्पादन सुरु गर्नुअघि तयार पारिएको एप्पल वानको डमी मात्रै हो ।


यो एप्पल कम्पनीको सबैभन्दा पहिलो मध्येको एक कम्प्युटर रहेको दाबी कम्प्युटर इतिहासबेत्ताहरुको छ ।


च्यारिटी बज नामक लिलामकर्ता संस्थाले यो कम्प्युटर १० लाख डलर सम्ममा बिक्रि हुने अनुमान गरेको भएपनि यसको अन्तिम मूल्य ८ लाख १५ हजार डलर भन्दा उकालो चढेन ।


स्मरण रहोस् सन् २०१४ मा निकै दुर्लभ मानिएको चालु हालतमा रहेको एप्पल वान कम्प्युटर ५ लाख ५ हजार डलरमा बिक्रि भएको थियो, न्युयोर्कमा भएको एक लिलाम बिक्रिमा ।


सन् १९७६ मा निर्माण गरिएका २ सय एप्पल वान कम्प्युटरमध्ये केवल ७० वटाजति मात्र विश्वमा अहिले अस्तित्वमा रहेका विश्वास गरिन्छ ।


सन् १९७६ को जुलाइमा बजारमा बिक्रिमा पठाउँदा एप्पल वानको मूल्य ६ सय ६६ डलर ६६ सेन्ट थियो । उत्पादन गरिएका २ सय कम्प्युटर मध्ये १ सय ७५ वटा बिक्रि भएका थिए भने अरु बाँकीलाई कम्पनीमै नष्ट गरिएकेा छ ।



साढे ८ करोड रुपैयाँमा बिक्यो एप्पलको पहिलो कम्प्युटर
Advertisements:

0 comments:

Post a Comment

Recent Posts