रेडियो नेपालकी समाचारवाचिका कोमल वली समाचार पढ्दा गम्भीर छविमा देखिन्छिन् । तर, लोकगीत गाउँदा उनै कोमल उल्कै छिल्लिने बनेर देखा पर्छिन् ।
कहिले ‘पोइल जान पाम्’ भनेर पाखुरा सुर्किन्छिन् भने कहिले ‘भेटिएन कोही’ भनेर बिलौना गर्छिन् । यसपालि पनि तीजको अवसरमा उनले ‘पोइ चाहियो भनेर गीत गाउने मेरो लास्टै चोटि हो’ भनेर गाएकी छिन् । पोइको खोजीमा गीतमार्फत रोईकराई गरिरहेको सन्दर्भमा उनीसँग गरिएको पोइ-संवादः
तपाईंले बारम्बार गीतमार्फत पोइ चाहियो भन्नुको कारण के हो ?
तीज खासगरी शिव अर्थात् पुरुषत्व, अविवाहिता नारी र संगीत गरी तीनवटा चिजको सेरोफेरोमा अल्भिmएको छ । यी तीनवटा कुराभित्र रहँदा हामी पोइ अर्थात् श्रीमान् भन्दा बाहिर जान सक्दैनौं । धार्मिक मिथकअनुसार, पार्वतीले शिवजीलाई पति पाऊँ भनेर निराहार व्रत बसेको हुनाले पार्वतीले शिवजी पाइन् । त्यसअनुसार आज पनि अविवाहिताहरू राम्रो श्रीमान् पाउ“m भनेर तीजको व्रत बस्छन् । पोइबिना तीजको गीत खासै बन्न सक्दैन ।
एक हिसाबले श्रीमान् पाउन किन व्रत बसेको भनेर लाग्न सक्छ, तर सकारात्मक पक्षलाई हेर्ने हो भने महिलाले चाह्यो भने असम्भव केही पनि छैन भन्ने कुरा देखिन्छ । शिवजी जस्तो देवादिदेवलाई त एउटी नारी पार्वतीले व्रत बसेर प्राप्त गर्न सकिन् । त्यसैले मेरा तीज गीतमा पोइको कुरा हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनेछ ।
पाल्ने केटा भनेर खोज्ने गरिन्छ । पाल्ने भनेको त जनावर र गाईबस्तुलाई मात्रै हो, मान्छेलाई पाल्नु पर्दैन । पाल्नुपर्ने अवस्था नआओस् भनेर छोरीलाई सक्षम र बलियो बनाउनुपर्यो
हरेक वर्ष तीजको अवसर पारेर तपाईंले यस्ता गीत ल्याउनुहुन्छ । नारी जातिले मनाउने यत्रो महिमा बोकेको तीजलाई तपाईंले पोइ माग्ने कुरामै स्थापित गर्न खोज्नुभएको हो ?
पहिलेदेखि नै मैले राजनीतिक गीत गाउने गरेकी छुइनँ । समयसान्दर्भिक गीत गाउँछु । तीज भनेको व्रत बस्ने, दिदी-बहिनीहरू नाचगान गरेर रमाइलो गर्ने पर्व त हो नि । पहिलेको समयमा घरपरिवारबाट दुःख पाएकी नारीलाई तीजको बेला पीडा पोख्न उन्मुक्ति दिइए पनि अहिले हाम्रो सामाजिक अवस्था त्यस्तो छैन । त्यसैले अहिलेका तीज गीतहरू माया-पिरती गाँस्ने र श्रीमान्कै कुरामा केन्द्रित छन् । तीज भनेको श्रीमानसँग सम्बन्धित पर्व भएकोले राम्रो श्रीमान् मागिन्छ । यसलाई ठूलो महाभारत बनाउनु जरुरी पनि छैन ।
अरुथोक मागे पनि नारीहरूले तीजमा मागेर ठूलो कुरा केही प्राप्त हुने हैन । माग्ने हो भने छोरीका लागि शिक्षा मागे हुन्छ । धेरै ठाउँमा नारी नै नारीको विरोधी हुन्छन् । राम्रोसँग नपढाई र बलियो नबनाई छोरीलाई सानैमा विवाह गरिदिने चलन छ ।
पाल्ने केटा भनेर खोज्ने गरिन्छ । पाल्ने भनेको त जनावर र गाईबस्तुलाई मात्रै हो, मान्छेलाई पाल्नु पर्दैन । पाल्नुपर्ने अवस्था नआओस् भनेर छोरीलाई सक्षम र बलियो बनाउनुपर्यो । बलियो बनाएपछि आफैं पोइ खोजेर पोइल जान्छे छोरी ।
यस्तो गीतबाट तपाईंले समाजलाई दिन खोजेको सन्देश के हो ? कि तीजलाई तपाईँले चर्चा कमाउने रूपमा उपयोग गर्नुभएको हो ?
उपयोग गरेको हैन । मेरो हरेक गीतमा सन्देश छ । पोइल जाने पाम् भन्ने गीतमा पनि सन्देश छ । जहिले पनि केटाले केटी हेर्ने र रोज्ने हाम्रो सामाजिक संस्कार छ । तर, मेरो गीतमा केटीले लायकको, कुलघरानको र शारीरिक रूपमा पनि सुन्दर केटा होस् भन्ने चाहन्छे । अबको छोरीले किन केटा नछान्ने ? पोइल जान पाम् भनेर किन भन्न सक्दिँन त ? मेरो यो गीत एकदम प्रगतिशील छ ।
गीतलाई नकारात्मकरुपमा हेरेपछि नराम्रो मात्र देखिने हो । छोरी जातिलाई सधैं एक ठाउँमा पाल्ने र अरुले आएर गाईवस्तु जस्तो डोर्याएर लैजाने हो र ? म पनि पाल्न र कतै लैजान सक्छु भन्ने गरी छोरीहरू पनि बलियो हुनुपर्यो ।
एक हिसाबले बजारमा चर्चा पनि चाहिन्छ । अहिले सबै कुरामा प्रतिस्पर्धा छ । आजको दिनमा यो सिनियर गायिका हो, यसको गीत सुन्दिम् भनेर कसैले पनि सुन्दैन । प्रतिस्पर्धामा माथि उत्रिन सबैलाई तान्ने खालको शब्द हुनुपर्यो ।
गीतको भावले लक्षित वर्गलाई छुनुपर्यो । मिठास भरेर कलरफुल बनाउनुपर्यो । प्रेमका कुरा, जिस्किने कुरा पनि चाहियो । मेरो श्रोता र दर्शकलाई पनि हेर्छु म । मैले कस्तो गीत गाएको मान्छेहरूले सुन्न चाहन्छन्, त्यो स्वाद विचार गर्छु । सन्देशै सन्देश भयो भने त गीत दिक्कलाग्दो भइहाल्छ नि !
तपाईंको गीत हाम्रो समाजसँग कत्तिको जोडिन्छ ? हाम्रा छोरी-चेलीले पोइ चाहियो भनेर छटपटाउनुपरेकै अवस्था छ त ?
समाजभन्दा दुई कदम अगाडि छन् मेरा गीतहरू । हाम्रा छोरी-चेलीले छटपटाउनुपर्ने अवस्था छैन, बरु पोइबाट पीडित हुनुपर्ने अवस्था छ । यसको कारण हो, पोइ राम्रोसँग रोज्न नसक्नु । छनोट नराम्रो भएकोले छटपटाइरहेका छन् । कसैले पनि आत्मसम्मानका साथ स्वतन्त्र जीवन बाँच्न सकेका छैनन् ।
स्वावलम्बी भावना नभएकाले उनीहरू काम गर्न रुचाउँदैनन्, मिहिनेत गर्न डराउँछन् । एउटा केटा देख्नासाथ पछाडि टाँस्सिहाल्ने, उसैको मोटरसाइकलमा हिँड्ने, त्यसैलाई ब्वाइफ्रेन्ड बनाउने, उसले छोड्यो भने विष खाएर मर्छु भन्ने, डिप्रेसनमा जाने गरेको देखिन्छ ।
विवाह हुनु कहिले-कहिले, त्यो केटाले ब्वाइफ्रेन्ड हुँदैदेखि केटीलाई आफ्नो नियन्त्रणमा राख्न थालिहाल्छ । त्यसरी नियन्त्रणमा राख्दा पनि केटीले रमाइलो मानिरहेकी हुन्छे । हामी नारी आफैं डोमिनेट हुन चाहन्छौं । केटा आफूभन्दा सम्पन्न, जान्ने, पाल्न सक्ने होस् र त्यसकै सम्पत्तिमा मोज गरुँ भन्ने चाहन्छौं ।
हामीमा यस्तो किसिमको सोचाइ छ भने कसरी आफू बराबरको श्रीमान् खोजेर पाइन्छ ? सृष्टिमा कुनै पनि चिज सुन्दर चिज छ भने त्यो छोरी मात्र हो । पुरुष सुन्दर हुँदैन, पुरुष हेन्सम, मर्दाङ्गी हुन्छ । सुन्दर चिज जसले पनि प्राप्त गर्न खोज्ने भएकोले केटा पछाडि लाग्नु स्वाभाविक हो । तर, त्यो बेला केटीले म के बन्ने हो भनेर करिअरमा ध्यान दिनु जरुरी हुन्छ ।
हामी नारी-पुरुष समानताको कुरा गर्छौं । तर, एउटी नारीले भगवान् सामु पोइ माग्दै गिडगिडाएको देखाउँदा यसले नारी जातिकै कमजोर चित्रण गर्दैन र ?
पार्वतीले शिवजी पति पाऊँ भनेर व्रत बसेको हुनाले सन्दर्भ पोइसँग नै जोडिन्छ । तीजमा शिवजी जोडिने भएकोले उनलाई उपेक्षा गरेर हामीले गीत बनाउन सक्दैनौं । राम्रो पति पाऊँ भनेरै शिवजीको व्रत बसिने हो । यसैले तीजमा के गीत गाउने त भन्दा श्रीमान्सँग सम्बन्धित नै गीत गाउने हो । भगवानको अगाडि गएर राम्रो कुराका लागि पुकारा गर्दा, गीत प्रस्तुत गर्दा यसबाट नारीलाई मैले कमजोर देखाएको हैन । बरु नारी सशक्त बन्नमा प्रेरणा मिल्छ भन्ने लाग्छ ।
तपाईंको वास्तविक जीवनसँग आफूले गाएका गीतको भाव कत्तिको मेल खान्छ ? साँच्चै पोइ नपाएकै हो तपाईँले ?
अहिलेसम्म म अविवाहिता नै भएकोले संयोग मिल्छ । यस्तो गीत गाउँदा मान्छेहरूलाई कोमल वलीले साँच्चिकै पोइ नपाएको हो कि भन्ने भान पर्छ । धेरै ठाउँमा मान्छेहरूले मलाई भन्ने गर्छन् रे, कोमलले पोइ नपाएर पोइल जान पाम् भनी । यस्तो कुरा सुन्दै आए पनि मान्छेहरूको आ-आफ्नो बुझाइ हुने भएकाले मलाई अचम्म लाग्दैन ।
म स्कुलदेखि नै राम्रो गायिका हुँ, पढेलेखेकै छु, हेर्दाखेरि राम्री नै छु, मेरो विचार र परिश्रमको पाटो पनि निकै सुन्दर छ । मेरो कुण्डली एकदम राम्रो छ । यस्तो अवस्थामा के मैले जीवनमा केटा पाइनँ होला त ? मलाई केटाहरूले चाहेनन् होला त ? के मैले कसैलाई प्रेम गरिनँ होला र ? स्कुल, कलेजहरूमा प्रशस्त साथीहरू भए । तर, यो मान्छेसँग प्रेम गर्छु, यो मान्छेसँग विवाह गर्छु भनेर मेरो दिमागमा गहिरो सोच कहिले पनि आएन ।
दाङमा हुँदा भर्खर इन्टर पास गरेर ब्याचलर पढ्न लागेको थिएँ, धनी र सुसंस्कृत परिवारको केटासँग मेरो बिहे हुने कुरा भयो । घरका मान्छेहरूका लागि केटा ‘आहा’ नै थियो ।
अरु जोडी बाँधेर हिँडेको देख्दा मलाई भने कहिल्यै रहर लागेन । बरु फेसबुकमा भर्खर बिहे गरेका जोडीले फोटो पोस्ट गरेको देख्दा यस्तो लाग्छ, आजबाट यसको जिन्दगी तहस-नहस भएछ
मलाई पनि मान्छे मन पर्यो । तर, घर-परिवार सम्हाल्नुपर्ने र उत्तरदायित्वमा बाँधिनुपर्ने बुझेेपछि मैले दुई-तीन सोचेर बिहे नगर्ने निर्णय गरेँ । मलाई लाग्यो, मेरो गन्तव्य यहीँ रोकिन्छ । धनी घरको बुहारी भएर सुसम्पन्न जिन्दगी बाँच्नुभन्दा कोमल वलीको परिचयमा बाँच्न मन लाग्यो ।
तपाईंको विचारमा विवाहले जिन्दगीमा छेकबार नै लगाउँछ ?
म स्वतन्त्ररुपले आफ्नो कर्म गरेर हिँडिरहेको छु । विवाह गरेपछि मैले परिवारमा गएर भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।
घरपरिवारप्रति उत्तरदायी हुनुपर्यो । यस्तो लाग्छ, विवाह भनेको एउटा बन्धन नै हो । नो बन्धन, नो टेन्सन भनेर सोच्छु म । यदि मैले विवाह गरेको भए कोमल वली भन्ने परिचय बनाएर यहाँसम्म आइपुग्दिन थिएँ होला ।
बिहे नगर्ने निर्णय जिन्दगीभरिको लागि हो कि कुनै बेला बदलिन पनि सक्छ ?
जिन्दगीमा यही नै हुन्छ भनेर किटान गर्न सकिने त हुन्न होला । मान्छेको मन हो, एकछिनपछि नै बदलिन सक्छ । कहिलेकाहीँ मन बदल्नमा वातावरण र समयले पनि भूमिका खेल्छ । कोही मेरो जिन्दगीमा आएर मन पगाल्ने प्रेम गर्यो भने सायद म नजिक हुन्छु कि ? विवाह गर्न सक्छु कि ? मनै न हो ।
बिहे गर्ने रहर गीतबाटै पोखिसक्नुभयो कि केही बाँकी छ ?
आजको दिनसम्म मलाई बिहे गर्न छैन । स्वतन्त्र जिन्दगी इन्जोय गरिरहेको छु । साथीहरूले पनि कस्तो राम्रो जिन्दगी बाँचिरहेका छौ भनेर आरिस गर्छन् । सबै साथीहरूको विवाह भइसकेको छ । भेटघाट र कार्यक्रममा जाँदा मेरो जिन्दगी देखेर लोभिन्छन् । अरु जोडी बाँधेर हिँडेको देख्दा मलाई भने कहिल्यै रहर लागेन । बरु फेसबुकमा भर्खर बिहे गरेका जोडीले फोटो पोस्ट गरेको देख्दा यस्तो लाग्छ, आजबाट यसको जिन्दगी तहस-नहस भएछ । (हाँस्दै)
बिहे नगर्दैमा सबै सांसारिक बन्धनबाट मुक्ति मिल्छ त ?
मुक्ति त मिल्दैन । अहिले संयुक्त परिवारमै छु । पूरा ड्युटी निर्वाह गर्नुपर्छ मैले पनि । कहिले आमालाई जँचाउन अस्पताल लैजानुपर्छ, दाइका छोराछोरीलाई स्कुल पुर्याउन र लिन जान्छु, खाजा बनाएर ख्वाउँछु ।
घरको पूरा काम गर्छु म । बन्धनबाट टाढा जान पाएको त छुइनँ । तर, मेरो श्रीमान्, मेरा छोराछोरी भनेर तिनीहरूको समय दिनुपर्ने, सम्पत्ति जोडूँ भन्ने तनाव त मलाई अहिले केही पनि छैन नि । स्वतन्त्र छु म । गीत गाउन कहिले यहाँ, कहिले त्यहाँ पुगिरहेको हुन्छु ।
घरबाट बिहानै निस्किएर एकैचोटि राति र्फकन्छु । विवाह गरेको थिएँ भने त परिवारलाई धेरै समय दिनुपथ्र्यो । श्रीमान्ले नजाऊ भन्ला, परिवारका अरुले के भन्लान् । त्यस्तो कुरामा सम्झौता गर्नुपर्ने केही झन्झट छैन ।
बिहे नगर्दा स्वतन्त्रता होला, तर मनको कुरा बिसाउन मिल्ने र विशेष ख्याल गर्ने कोही मान्छे भइदिए हुन्थ्यो भन्ने त मनमा कतै लाग्ला नि !
श्रीमानहरूले श्रीमतीलाई स्पेशल केयर गरेका हुन्छन् र ! मलाई त त्यस्तो लाग्दैन । आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुन्छन् । उसले आफ्नो कर्त्तव्यबाट विचलित भयो भने त्यसको जवाफदेही म हुनुपर्छ भनेर पनि जिम्मेवारी निर्वाह गरिरहेको हुन्छ । कर्तव्य निर्वाह गर्नुपनि नराम्रो हैन ।
विवाहको विरोधी हैन म । कसैले पनि विवाह नगरे भने त समाज वैराग्य भइहाल्छ नि । जसलाई विवाह गर्न जरुरी लाग्छ, गर्नु राम्रै कुरा हो । तर, विवाह गर्न मन नलाग्नेहरूलाई यस्तो स्वणिर्म जिन्दगी बाँचिरहनुभएको छ, प्लिज विवाह नगर्नुस् भन्छु । विवाह गरेर आफ्नो जिन्दगीलाई वर्वाद नगर्नुस् ।
यो पालि पोइ चाहियो भनेर साँच्चै लास्टै चोटि भन्नुभएको हो ?
खै, यसबारे त सोचेकै रहेनछु । लास्टै चोटि हुन पनि सक्छ, नहुन पनि सक्छ । यसपालि नै लास्टै चोटि भनेपछि अर्को साल फेरि गीतमा पोइको सन्दर्भ ल्याउन नमिल्ने देखियो । पोई भनेर ल्याउन नमिले अर्को सालको गीतमा ब्वाइप|mेन्ड खोज्ने कि त ? पशुपति शर्माले लेख्नुभएको गीत हो यो । मेरो भावलाई विचार गरेर पशुपतिले छलफल गर्दै लेखेका हुन् । तर, गीतको तयारीदेखि सबै कुरामा म जोडिएकाले मेरो पनि गीत हो ।
सायद यसपटक चाहिँ पोइ चाहियो भनेर गीत गाउने मेरो लास्टै चोटि हुन सक्छ । यति मात्र भन्छु ।
‘अब अन्तिम हुन सक्छ पोइ चाहियो भनेर गीत गाउने’
0 comments:
Post a Comment