पछिल्लो महिना मलाई जम्मु कास्मीर पुग्ने मौका मिलेको थियो । त्यसैबेला भारतीय जनता पार्टीका बरिष्ठ मन्त्रीले एक अन्तर्वार्ताका क्रममा मसँग भनेका थिए कि पाकिस्तान कास्मीरका युवालाई चरमपन्थी बनाउन लागिपरेको छ ।
तर उनले अन्तर्वार्तापछि भने कि, ‘म पहिलो पटक पाकिस्तान गएको थिएँ । र म यो देखेर अचम्भित भएको थिएँ कि त्यहाँका ९५ प्रतिशत जनता राम्रा छन् ।’
उनलाई मैले फेरि सोधेँ, तपाई केहि बढि बोलिरहनुभएको त छैन, तव उनले भने, ‘होइन, ९५ प्रतिशत पाकिस्तानी राम्रा छन्, ठ्याक्कै हामीजस्तै ।’
यसपछि यसलाई बिस्तृत गर्नु जरुरी देखियो । र थालियो पाकिस्तानी सरकार र जनताबीच फरक छुट्याउन । एकातर्फ जनता र अर्कोतर्फ सुरक्षा निकाय, नेता, पाकिस्तानी सरकार र त्यहाँ सक्रिय चरमपन्थी समूह ।
यसैगरी भारतका जनता एकातर्फ र अर्को तर्फ भारतीय सरकार, नेता र पाकिस्तानबिरुद्ध बिष बमन गर्ने खाले भारतीय मिडिया ।
हालैका दिनहरुमा भारत र पाकिस्तान एक अर्काको बिरुद्धमा आरोप प्रत्यारोपको आवाज दैनिक सुन्न पाइन्छ । दुवै मुलुकका समाचार च्यानल र नेताहरु यसलाई भए नभएको कुरा जोडेर अतिरञ्जित बनाइरहेका छन् । जो पनि देशप्रेमी बन्न चाहन्छन् । केहि फरक धारणा राख्यो भने मुलुकका समाचार च्यालन उसलाई देशद्रोही करार गर्न लागि पर्छन् ।
म भारतीय अखवारका पाकिस्तान बिरोधी हरफहरु पढेर ठूलो भएको हुँ । पत्रकार बनेपछि पनि पाकिस्तानी दाजुभाइलाई दुश्मन सम्भिmरहेँ । मेरो बुझाइमा पाकिस्तानीहरु चरमपन्थी थिए ।
केहि बर्ष पहिला बिबिसी हिन्दी र उर्दुले निर्णय गर्यो कि मलाई र पाकिस्तानी सहकर्मीलाई एक अर्काको मुलुक पठाउने । म आफ्नो नमा पाकिस्तानको बिरुद्धमा जति घृणा बोकेर गएको थिएँ त्यतिनै जिज्ञासा पनि मेरो मनमा थियो । यस्तै हालत मेरा पाकिस्तानी मित्रलाई पनि थियो ।
तर हामी दुवैलाई एउटा ठूलो झड्का लाग्यो । दुवै मुलुकका नेता र मिडियाले हामीलाई जसरी बताएका थिए, त्यो भन्दा निक्कै अलग थियो पाकिस्तान । मेरा मित्रको मनमा पनि भारतीयप्रतिको सोच पूरै बदलियो ।
त्यसैले जव म जम्मुमा विजेपी मन्त्रीले भनेका कुरामा म आश्चर्य चकित भइनँ । मलाइ पनि त्यहाँका मानिस उस्तै लाग्यो जस्तो भारतीयहरु छन् । उनीहरु पनि रोजी रोटीका लागि खटिएका छन्, हामी जस्तै । उनीहरुको शहरी समस्या हाम्रो जस्तै छ ।
मलाई पाकिस्तानमा कट्टरपन्थी मुस्लिम कानूनमा लचकता पाएँ । कराँची शहरमा भन्दा पुरानो दिल्लीमा बुर्का लगाएका महिला धेरै देखिन्छन् ।
भारत आएका मेरा पाकिस्तानी मित्रलाई पनि यहि भनिएको थियो कि भारतमा मुसलमान स्वतन्त्र छैनन् । तर उनको भ्रम छिट्टै टुट्यो । सत्य कुरा जान्नका लाथि हामी एक अर्काको मुलुक जानुपर्यो । खै कति मानिस यसो गर्छन् ।
(भारतीय पत्रकार जुवैर अहमदले बिबिसी हिन्दीका लागि लेखेको लेख)
सरकारबीच कटुता, जनतामा हार्दिकता !
0 comments:
Post a Comment