Subscribe Twitter FaceBook

Pages

Wednesday, August 10, 2016

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन पुसमा

Advertisements:

Narendra-Neupane,-Akhil-Krantikari


२६ साउन, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलन आगामी पुस २३ गतेदेखि काठमाडौंमा हुने भएको छ ।


अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय कार्यालयको बैठकले पुस २३ गतेदेखि २७ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।


राष्ट्रिय सम्मेलनका लागि भदौ १० गतेभित्र प्रदेश एकता भेला, भदौ मसान्तभित्र जिल्ला एकता भेला र असोज १५ गतेभित्र इकाइ एकता भेला गर्ने अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिए ।


बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष न्यौपानेले संगठन अब राष्ट्रिय सम्मेलनका अतिरिक्त आगामी फागुन १४ गतेका लागि तय गरिएको स्ववियु निर्वाचनको तयारीमा लाग्ने बताए । स्ववियु निर्वाचनको तयारीका लागि क्रान्तिकारीले ‘एक कलेज एक केन्द्रीय सदस्य’को जिम्मेवारी बाँडफाँड गरेको छ ।


अनेरास्ववियु क्रान्तिकारीले ९९ सदस्यीय पदाधिकारी, ३ सय ३३ सदस्यीय सचिवालय र ९ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाएको छ ।


सरकारी विद्यालयमा छोराछोरी


क्रान्तिकारीले सार्वजनिक लाभको पदमा बसेका व्यक्तिहरुले आफ्ना छोरोछोरी अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउने व्यवस्था गर्न दवाबमूलक कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।


यसैगरी निजी शिक्षामा व्याप्त व्यापारीकरणको अन्त्यका लागि शुल्कको सिलिङ तोक्न, एक प्रदेश एक मेडिकल कलेज स्थापना गर्न र शिक्षा ऐन कार्यान्वयन गर्न दबावमूलक कार्यक्रम गर्ने निर्णय पनि गरिएको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए ।



अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन पुसमा
Advertisements:

0 comments:

Post a Comment

Recent Posts