Subscribe Twitter FaceBook

Pages

Friday, August 12, 2016

ओलम्पिकका शरणार्थी खेलाडी को हुन ? रियोमा के गर्दैछन् ?

Advertisements:

Team-Refugees


अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाचकै शब्दमा ‘संसारभरका शरणार्थीलाई सकारात्मक सन्देश’ दिएको छ । तर, शरणार्थी ओलम्पिक टिममा समावेश गरिएका १० खेलाडीहरु को हुन् ? उनीहरु रियोमा अहिले के गरिरहेका छन् ?


१. रामी अनिस (स्विमिङ)


२५ बर्षीय रामी द्वन्द्धग्रष्त मुलुक सिरियाबाट डुंगाको सहारामा भूमध्य सागर पार गर्दै सन् २०१५ मा टर्की पुगेका थिए । त्यसअघि उनले बेल्जियम छिर्ने प्रयास गरेका थिए ।


रियो ओलम्पिकमा उनले १०० मिटर फ्रिस्टाइलमा ५४.२५ सेकेण्डको व्यक्तिगत उत्कृष्ट प्रदर्शन गरेपनि हिट चरणबाटै बाहिरिए । उनले १०० मिटर बटरफ्लाई स्पर्धामा बिहीबार प्रतिस्पर्धा गर्नेछन् ।


ओलम्पिक सहभागिताबारे उनले भनेका छन् कि ‘यो एकदमै आनन्ददायक क्षण हो । यो यस्तो सपना देखिएको छ कि म ब्युझँनै चाहन्न ।’


२. एइच पर वेल (एथ्लेटिक्स)


युद्धका क्रममा ‘हराएका’ दक्षिण सुडानी धावक केन्याको शरणार्थी केन्द्रमा बस्छन् । उनले दौड प्रतियोगितामा भाग लिन थालेको मात्र १ बर्ष भयो । मौसम र सेवा सुविधा आफु अनुकुल नभएपनि उनले आफ्नो दौड जारी राखेका छन् ।


उनले पुरुष ८०० मिटर दौडको हिट चरणमा शुक्रबार प्रतिस्पर्धा गर्नेछन् । उनले भनेका छन् कि ‘खेलकुदले मलाई माफ्नोपनको महशुस गराएको छ । मैले पदक जित्न नसकुँला तर शरणार्थीले पनि केहि गर्न सक्छन् भन्ने कुरा संसारलाई देखाउनेछु ।


३. जेम्स चेइङजिक (एथ्लेटिक्स)


सुडानबाट हराएका थुप्रै युवकहरुमध्येका एक चेइङजिक केन्याको शरणार्थी शिविरमा बस्छन् । सुडानमा बाल सैनिकको रुपमा जवर्जस्ती भर्ना गर्न लागिएपछि भागेर शरणार्थी बनेका उनी गलत जुत्ताका कारण चोटग्रस्त रहेपनि दौडन छाडेका छैनन् । उनको लक्ष्य आफुजस्तै अन्यको सेवा गर्नु छ ।


उनले ओलम्पिक सहभागिताबारे भनेका छन् कि मेरो सपना ओलम्पिकमा राम्रो नतिजा ल्याउने हो साथै अरुको सेवा गर्ने हो । मलाई अहिले कसैले सहयोग गर्नुभएको छ भने म पनि अरुलाई सहयोग गर्न चाहन्छु ।’ उनले आगामी आइतबार ४०० मिटर दौडको हिट चरणमा प्रतिस्पर्धा जनाउनेछन् ।


४. पाउलो अमोटुन लोकोरो (एथ्लेटिक्स)


पाउलो लोकोरो दक्षिण सुडानको गाइ फार्ममा कामका लागि पुगेका थिए । तर युद्ध चर्कँदै गएपछि उनी विस्थापित हुन पुगे र सुडानकै शरणार्थी शिविरमा फर्किए जहाँ उनका आमा बुबा थिए । उनी भागेर आउँदा बाटोमा पाइने फलफुलमात्र खाए भने शिविरमा पुग्दा उनको खुट्टामा जुत्तापनि थिएन ।


‘म कीर्तिमान कायम गर्दै स्वर्ण जित्न चाहन्छु, यो मेरो एकमात्र लक्ष्य हो ।’ उनले भने । उनले आगामी मंगलबार पुरुष १५०० मिटर दौडको हिच चरणमा प्रतिस्पर्धा गर्नेछन् ।


५. एन्जेलिना नदाइ लोहालिथ (एथ्लेटिक्स)


दक्षिण सुडानको जनयुद्धकी पीडित एन्जेलिना ६ बर्षको हुँदा उनको परिवारसँग सम्पर्कबिच्छेद भएको थियो । २१ बर्षीया यी खेलाडीले दौडलाई करिअर बनाउनेबारे सोचेकी छन् । उनको लक्ष्य यो छ कि दौडको माध्यमबाट आफ्नो परिवारको उत्थान थर्न सकुँ । उनका अनुसार उनी एकदिन घर फर्कनेछिन र बाबाका लागि एक घर बनाउनेछिन् ।


उनले आगामी शनिबार महिला १५०० मिटर दौडको हिट चरणबाट ओलम्पिकको सुरुवात गर्नेछिन् । उनले भनेकी छन् ‘म यो मानेमा निक्कै खुसी छु कि ओलम्पिकमा पहिलो पटक शरणार्थीलाई सहभागी गराइएको छ र म त्यसको सदस्य छु । संसारभर रहेका शरणार्थीलाई यो एउटा प्रेरणा हो ।’


६. रोजी नाथिके लोकोन्येन (एथ्लेटिक्स)


रोजी एक जन्मजान धाविका हुन् । केन्याको शरणार्थी शिविरमा भएको १० किलोमिटरको दौडमा दोस्रो भएर एकाएक चर्चामा आएकी हुन् । उनले जुत्ता लगाएर दौडन थालेको १ बर्षमात्र भयो । दक्षिणी सुडानकी यी धाविकाका अनुसार उनी र उनको परिवार उनी १० बर्षको हुँदा केन्या नआएका भए उनीहरु पहिल्यै मरिसक्ने थिए ।


‘मेरो सपना र मेरो पहिलो प्राथमिकता मेरा आमा बाबा र दाजुभाइलाई सहयोग गर्नु हो । त्यसपछि म जस्तै अन्य शरणार्थीलाई ।’ उनले भनेकी छन् ।


रोजीले आगामी बुधबार हुने महिला ८०० मिटर दौडको हिट चरणमा प्रतिस्पर्धा गर्नेछिन् ।


७. योनास किन्डे (म्याराथन)


इथियोपियाली म्याराथन धावकले राजनीतिक संकट गहिरिँदै जाँदा मुलुक छाडेर भागेका थिए । उनी सन् २०१३ देखि युरोपेली मुलुक लक्जेम्बर्गमा बस्दै आएका छन् । उनको म्याराथन टाइमिङ २ घण्टा १७ मिनेट हो । इथियोपियाको नागरिकता भएपनि उनी ओलम्पिक टोलीबाट सहभागिता जनाउँदैछन् ।


उनले ओलम्पिकमा शरणार्थीलाई पनि सहभागिता गराउने निर्णय निक्कै राम्रो भएको बताएका छन् । २१ अगष्ट आइतबार उनले म्याराथनमा सहभागिता जनाउनेछन् ।


८. योलान्दे माविका (जुडो)


कंगोको युद्धबाट प्रताडित माविका ३ बर्षभयो रियोमा बस्दै आएको । उनी निक्कै सानो उमेरमा परिवारबाट अलग भएकी थिइन् । उनी एक्लै हिडिरहेका बेला हेलिकप्टरले उद्धार गरेको थियो । उनले आफ्नो परिवारपनि सम्झन सम्दिनन् । उनलाई हेलिकप्टरले विस्थापित बालबालिकाको केन्द्रमा पुर्‍याएृको थियो र त्यहीँ जुडो सिक्न सुरु गरिन् । उनी महिला ७० मेजीमुनि तौलसमूहमा पहिलो चरणमै इजरायली खेलाडीबाट पराजित भइन् ।


९. युस्रा मार्दिनी (स्विमिङ)


सिरियाको दमास्कसबाट डुंगामा जर्मनी छिर्नलागेका शरणार्थीको डुंगा बिग्रिएपछि तीन घण्टासम्म ओपन वाटर स्विमिङ गर्दै २० शरणार्थीलाई बचाउन सफल बहादुर खेलाडी हुन् यास्रा मार्दिनी ।


उनी रियो ओलम्पिकको महिला १०० मिटर फ्रिस्टाइल र १०० मिटर बटरफ्लाईमा सहभागी भइन् र हिट चरणबाटै बाहिरिइन् । १०० मिटर बलरफ्लाईमा हिट चरण जितेपनि अर्को चरणका लागि उनको टाइमिङ पुगेन ।


१०. पोपोल मिसेङ्गा (जुडो)


६ बर्षको उमेरमै आमाको हत्या भएपछि कंगोको राजधानीको बालबालिका केन्द्रमा हुर्किएका मिसेङ्गा २०१३ देखि रियोमा बस्दै आएका छन् ।


उनले सुरुवाती खेलमा भारतका अभतार सिंहलाई हराएपनि दोस्रो चरणमा कोरियाली खेलाडीसँग पराजित भएका थिए ।



ओलम्पिकका शरणार्थी खेलाडी को हुन ? रियोमा के गर्दैछन् ?
Advertisements:

0 comments:

Post a Comment

Recent Posts