Subscribe Twitter FaceBook

Pages

Friday, August 12, 2016

सरकारले यसकारण पठाउँदैछ चीन र भारतमा विशेष दूत

Advertisements:

bimalendra and mahara


२७ साउन, काठमाडौं । सरकारले उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरालाई विशेष दूतका रुपमा दुई छिमेकी मुलुक भारत र चीन पठाउने निर्णय गरेको छ ।


बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई भारत र उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरालाई चीनमा पठाउने निर्णय गरेको हो ।


मन्त्रिपरिषद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका उपप्रधानमन्त्री महराले छिट्टै भारत र चीन जाने बताए ।


प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सुनिश्चित गराउन चाहेका छन्



कांग्रेस-माओवादी गठनबन्धनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि सरकारले पहिलोपटक छिमेकी देशहरुमा विशेष दूत पठाउन लागेको हो । प्रधानमन्त्रीकै विशेष दूतका रुपमा उपप्रधानमन्त्रीद्वय दुई देशको भ्रमणमा जान लागेका हुन् ।


मुलुकको परिवर्तित राजनीतिक परिस्थितिबारे छिमेकीलाई जानकारी गराउन दूत पठाउनुलाई राम्रो सुरुवात मान्नुपर्ने पराष्ट्रविदहरु बताउँछन् । झन अहिले त दुबै छिमेकी मुलुक चीन र भारत दुबै देशमा नेपालका राजदूत छैनन् । यसले गर्दा पनि उच्चस्तरीय प्रतिनिधिहरु पठाउनु अर्थपूर्ण हुन सक्छ ।


यस्तो अवस्थामा प्रधानमन्त्री प्रचण्डले विशेष दूतका रुपमा सरकारका दुई वरिष्ठ मन्त्रीहरु पठाउनु सकारात्मक हो । यसमा अहिले सरकारलाई शंकाको लाभ दिनुपर्छ ।


प्रचण्डले किन दूत पठाउँदैछन् ?


असोज ३ गते मनाइने संविधान दिवसको विशेष कार्यक्रममा सहभागी गराउने गरी भारतीय राष्ट्रपति मुखर्जीलाई नेपाल भ्रमण गराउने सरकारको तयारी छ



मन्त्रिपरिषदको निर्णयबारे जानकारी दिँदा सरकारका प्रवक्ता मन्त्री महराले किन दूत पठाउन लागिएको हो भन्ने विषयमा केही पनि बताएका छैनन् । तर, प्रधानमन्त्रीनिकट स्रोतहरुका अनुसार यो निर्णय दुबै देशका राष्ट्रपतिको सम्भावित नेपाल भ्रमणलाई सुनिश्चित गर्ने प्रयासका लागि गरिएको हो ।


चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी असोजमा नेपाल आउने सम्भावना बलियो बनेको छ । अहिले काठमाडौंमा रहेका चीन सरकारको थिंक ट्यांक मानिने चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेशनल रिलेसन्सका अध्यक्ष जी झेईले पनि यसको प्रष्ट सन्देश दिइसकेका छन् । तर, यो नेपालमा निर्भर रहने उनको सन्देश छ ।


प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सुनिश्चित गराउन चाहेका छन् । र, पार्टी नेतासमेत रहेका उपप्रधान तथा अर्थमन्त्री महरालाई दूतका रुपमा उनले चीन पठाउँदैछन् ।


भारतीय राष्ट्रपति पनि नेपाल आउने


यसैगरी भारतीय राष्ट्रपति प्रणव मुखर्जी पनि असोजमा नै नेपाल आउने योजनामा छन् । नेपालकी राष्ट्रपति विद्या भण्डारीको भ्रमण तत्कालीन केपी ओली सरकारले अन्तिम समयमा आएर स्थगित गरेपछि यो भ्रमण केही शंकामा परेको थियो ।


तर, असोज ३ गते मनाइने संविधान दिवसको विशेष कार्यक्रममा सहभागी गराउने गरी भारतीय राष्ट्रपति मुखर्जीलाई नेपाल भ्रमण गराउने सरकारको तयारी छ ।


यसका साथै उपप्रधानमन्त्रीद्वयले प्रधानमन्त्री प्रचण्डको दुबै देशको भ्रमणका लागि पनि पहल गर्नेछन् । प्रधानमन्त्री भएलगतै प्रचण्डलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमार्फत बधाइ दिँदै भारत भ्रमणको निम्तो दिएका थिए ।


प्रधानमन्त्रीको विशेष दूतका रुपमा भारत जान लागेका उप्रधान एवं गृहमन्त्री निधिले भनेका छन्, ‘छिट्टै हाम्रो प्रधानमन्त्रीले पनि भारत भ्रमण गर्नुहुनेछ । भ्रमणको तयारी भारतीय राजदुतावास र नेपाल सरकारले गर्नेछ ।’



सरकारले यसकारण पठाउँदैछ चीन र भारतमा विशेष दूत
Advertisements:

0 comments:

Post a Comment

Recent Posts