Subscribe Twitter FaceBook

Pages

Tuesday, August 16, 2016

चिनियाँ कम्पनी गेजुवाले भन्यो- बूढीगण्डकी बनाउने इच्छा छ

Advertisements:

Budhigandaki३२ साउन, काठमाडौं । चाइना गेजुवा ग्रुप कर्पोरेशन (सीजीजीसी) ले १२ सय मेघावाटको बुढीगण्डकी जलविद्युत परियोजना निर्माण गर्न आफू इच्छुक रहेको बताएको छ । साथै उसले माथिल्लो त्रिशुली ए परियोजनाको ६५ प्रतिशत काम पूरा भइसकेको जनाएको छ ।


चाइनिज कम्पनी सीजीजीसीका तर्फबाट पीआर म्यानेजर ओमबन्धु कार्कीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ- ‘सीसीजीजीसीले हालै नेपाल सरकार र नेपाली नागरिकको विकासको आशा बनेको १२०० मेगावाट क्षमताको जलाशय युक्त बुढीगण्डकी आयोजना निर्माणमा आफ्नो इच्छा प्रकट गरेको छ ।’


कार्कीका अनुसार सन् १९७० मा स्थापित सीजीजीसी चीनको सरकारी स्वामित्वका ठूला संस्थामध्ये पर्छ । सीजीजीसीले विश्वका १ सय ३६ देशमा करिब १ सय ९० वटा विकास आयोजना कार्यान्वय गरेको छ ।


५० अर्ब अमेरिकी डलर भन्दा बढीको करारमा संलग्न सीजीजीसी विश्वका उत्कृष्ट २ सय ५० अन्तर्राष्ट्रिय निर्माण व्यवसायीहरुको सूचिमा ४१ औं स्थानमा पर्छ ।  झण्डै २० खर्ब रुपैयाँ -१९.६ बिलियन अमेरिकी डलर) भन्दा बढी कारोबार भएको सीजीजीसी राजस्वका हिसाबले विश्वको ३३ औं ठूलो निर्माण कम्पनी हो ।


चीनमा रहेको विश्वको सबैभन्दा ठूलो थ्री गर्जेज जलविद्युत आयोजना (२२,५०० मेगावाट ) सीजीजीसीले नै बनाएको हो ।


यसले २० भन्दा बढी जलविद्युत र थर्मल पावर प्लान्टमा लगानी गरेको छ । सीजीजीसीको २० मिलियन मेटि्रक टन उत्पादन क्षमताको सिमेण्ट कारखानासमेत छ । सिन्जियानको हमीमा ६ मिलियन मेटि्रक टन क्षमताको कोइला खानी समेत भएको सीजीजीसी उत्पादन क्षमताको आधारमा चीनको दोस्रो ठूलो नागरिक हितका लागि विष्फोटन सामग्री उत्पादन गर्ने कम्पनी पनि हो ।


त्यस्तै चीनको केन्दि्रय सरकार मातहतका २१ ठूला रियल स्टेट व्यवसायिक कम्पनी मध्येमा सीजीजीसी पनि एक हो ।

नेपालमा सीजीजीसीले ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको सिभिल निर्माणको कामको जिम्मेवारी पाएको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा यसले ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली-३ ए आयोजनाको इपीसी निर्माण ठेक्का पनि प्राप्त गरेको छ ।


चमेलियाको सिभिल वक्र्सको काम ९६ प्रतिशत सम्पन्न भइसकेको कार्कीले जनाएका छन् । पहिले पूर्वानुमान समेत नगरिएको सुरुङ्ग साँघुरिने प्रक्रियाको समुचित उपचार खोज्न र त्यसमा लागेको निर्माण सामाग्री र दक्ष जनशक्तिको पारिश्रमिक भुक्तानीको विषय अड्किन गएकाले यो आयोजना सम्पन्न हुन समय लागेकोे उनको भनाइ छ । यो विवाद सुल्भिmनासाथ यसको निर्माण छिटो सम्पन्न हुनेछ कार्कीले बताएका छन् ।


त्यसैगरी इपीसी करार भएको माथिल्लो त्रिशुली-३ ए को समग्र निर्माण कार्य ६५ प्रतिशत पुगिसकेको समयमा ०७२ बैशाख १२ र २९ गतेको भूकम्पले पहुँच मार्गमा गम्भीर क्षति पुर्‍याएकाले काम सुचारु हुन सकेको छैन ।


चीन सरकारको सहुलियत प्राप्त कर्जामा निर्माणाधीन यस आयोजनाको भूकम्पले पुर्‍याएको क्षतिको पुनर्निर्माणका विषयमा दुवै देशका जिम्मेवार निकायहरुबीचमा सहमति भइसकेकोले अब छिट्टै निर्माण कार्य सुचारु हुने कार्कीको भनाइ छ ।

नेपालमा गएको विनासकारी महाभूकम्प प्रभावितलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहतकोष मार्फत यस चिनियाँ कम्पनीले एकमुष्ठ दुई करोड रुपैयाँ सहयोग प्रदान गरेको थियो ।


यसैवीच तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सीजीजीसीलाई बुढी गण्डकी निर्माणको जिम्मेवारी दिन लागेपछि विवाद उत्पन्न हुन गई यो विषय संसदीय समितिसम्म पुगेको छ ।



चिनियाँ कम्पनी गेजुवाले भन्यो- बूढीगण्डकी बनाउने इच्छा छ
Advertisements:

0 comments:

Post a Comment

Recent Posts