Subscribe Twitter FaceBook

Pages

Tuesday, August 16, 2016

विद्यार्थी नेतृ सुवेदीलाई महंगो पर्‍यो फेसबुक स्टाटस

Advertisements:

३२ साउन, काठमाडौं । आजभोलि मनमा लागेको कुरा पोख्ने सजिलो माध्यम बनेको छ सामाजिक सञ्जाल । तर, अखिल क्रान्तिकारीकी एक नेतृलाई भने फेसबुकमा लेखिएको एक स्टाटस भने महंगो परेको छ ।


Sabitri-Subedi

सावित्री सुवेदी



माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी नेतृ सावित्री सुवेदी बर्खास्तमा परेकी हुन् । उनले हालै मात्र फेसबुकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई अपशब्द प्रयोग गर्दै स्टाटस लेखेकी थिइन् ।


त्यसको केहि दिनपछि मन्त्रिपरिषद् विस्तारलाई लिएर यस्तै अर्को स्टाटस लेखेकी थिइन् । उनले लेखेकी छन्, ‘भो*** र क***ले राज्यमन्त्री पाए ! अब त दलित र जनजातिले निकम्मा सरकार मुर्दावाद भन्ने दिन गए !’


सुवेदी अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा प्रस्तावित थिइन् । तर, उनले आफ्नै पार्टी नेतृत्व, सरकार र पार्टीले स्थापित गरेको आरक्षणको एजेण्डाविरुद्ध अभिव्यक्ति सार्वजनिक गरेपछि अखिल क्रान्तिकारीले कारबाही गरेको हो ।


संगठनको नीति र आचरणविपरित फेसबुकमा जथाभावि लेखेकाले सुवेदीलाई साधारण सदस्यसमेत नरहने गरी निस्कासित गरिएको अध्यक्ष नरेन्द्र न्यौपाने बताए ।



विद्यार्थी नेतृ सुवेदीलाई महंगो पर्‍यो फेसबुक स्टाटस
Advertisements:

0 comments:

Post a Comment

Recent Posts