Subscribe Twitter FaceBook

Pages

Tuesday, August 16, 2016

पाथीभरा गोल्डकपः सेमिफाइनल खेल आजबाट

Advertisements:

pathibhara goldcup३२ साउन, ताप्लेजुङ । ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप नकआउट फुटवल प्रतियोगिता अन्तर्गत आजबाट सेमिफाईनल चरणका खेलसुरु हुँदैछन् ।


आज हुने पहिलो सेमिफाइनल खेलमा संघर्ष स्पोटिङ क्लब उकालीपानी, ताप्लेजुङ र इलाम ११ भिड्ने छन् । खेल सदरमुकामस्थित भानुजन उच्च माविको खेल मैदानमा दिउँसो दुई बजेबाट सुरु हुने छ ।


यस्तै महिला तर्फ हिजाको विजेता सूर्योदय युथ क्लब जाँते मोरङ र लेकसाइड स्पोर्टिङ क्लब ताप्लेजुङ नगरपालिका ६ बीच खेल हुने आयोजकले जनाएको छ । खेल विहान ११ बजेबाट सुरु हुने छ ।


यसैविच हिजो भएको  खेलमा गोर्खा स्पोटिङ क्लब दमक झापाद्धारा सिलगुडि भारत १-० गोल अन्तरले पराजित भएको छ । खेलको पहिलो हाफको १७ औ मिनेटमा झापाका जर्सि नंबर ११ का सुजल श्रेष्ठले गरेको गोलनै गोर्खा स्पोटिङ क्लबको जितका लागि पर्‍याप्त भयो ।


हिजो भएको खेलको म्यान अफदि म्याच भने सिलगुडि भारतका उत्तम गुरुङ भएका छन् । यस्तै हिजो बाट सुरु महिला तर्फको खेलमा मानाभरा युवा क्लब खेजेनिम, ताप्लेजुङलाई ३-० गोल अन्तरले पराजित गर्दै सूर्योदय युथ क्लब, जाँते मोरङले आˆनो विजयी यात्रा सुरुवात गरेको छ ।


खेलको पहिलो हाफको १२ औ र १५ औ मिनेटमा मोरङकि संरचना प्रधान र कोपिला खनालले क्रमस एक/एक गोल गरेका थिए भने दोस्रो हाफमा मोरङकै दिपा न्यौपाने थप एक गोल गरेकि थिईन । पुर्ण समय सम्म ताप्लेजुङलाई दबाबमा राखेको मोरङकै संरचना प्रधान सोमबार भएको खेलको म्यान अफ दि म्याच घोसित भएकि छिन् ।



पाथीभरा गोल्डकपः सेमिफाइनल खेल आजबाट
Advertisements:

0 comments:

Post a Comment

Recent Posts