Subscribe Twitter FaceBook

Pages

Friday, July 29, 2016

कास्कीका किसानहरु सुन्तलाखेती छाडेर पाउलोनियातर्फ आकर्षित

Advertisements:

Pauloniya-ko-biruwa


१२ साउन, पोखरा । कास्की भरतपोखरीका सुदनराज अधिकारी सुन्तलाको उत्पादन घट्न थालेपछि पाउलोनियातर्फ आकर्षित भएका छन् । सुन्तलाको पकेट क्षेत्र मानिने कास्कीको भरतपोखरीमा हाल सुन्तलाको उत्पादन हृवात्तै घटेपछि उनले विदेशी प्रजातीको पाउलोनिया लगाएका हुन् ।


उनले पहिलेको भरतपोखरी वडा नम्बर-४ र हाल लेखनाथ वडा नम्बर-१७ को बाघमारास्थित चैनपुर गाउँमा पाउलोनिया लगाएका छन् ।


दुई वर्षअघि पाउलोनिया खेती शुरु गरेका उनले हाल यसको व्यवसायिक रुपमा खेती सुरु गरेका छन् । ५/७ वटा विरुवाबाट शुरु गरेका उनले हाल चार हजार दुई सय विरुवा लगाइसकेका छन् । उनले भरतपोखरीमा एक हजार दुई सय र लेखनाथको देउरालीमा तीन हजार विरुवा रोपेका छन् ।


भरतपोखरीमा २० रोपनी क्षेत्रफलमा १२ सय विरुवा र लेखनाथको देउरालीमा ७० रोपनी जग्गामा तीन हजार विरुवा रोपेको उनले बताए । चाँडै दमौली साईडमा साथीहरुसँग मिलेर ५/७ हजार विरुवा रोप्ने तयारीमा रहेको उनको तयारी छ ।


Pauloniya-ko-biruwa1


पाउलोनिया लगाउनुअघि उनी सुन्तला खेती व्यवसायीक रुपमै गर्थे । हाल पाउलोनिया लगाएको पाखो बारिमा टन्न सुन्तलाको रुख थियो । तर पछिल्लो समय सुन्तालाको उत्पादन हृवात्तै घट्नुका साथै बोटपनि मर्न थालेपछि पाउलोनिया लगाएका हुन् ।


पाउलोनिया अमेरिका र चीनमा पाइने रुख हो । यसको विरुवा हरेक चार/चार मिटरको फरकमा लगाउनुपर्छ । यसलाई प्रशस्त मल आवश्यक पर्छ । मलको सन्तुलन मिलेको खण्डमा एक वर्षमै २० देखी ३० मिटरसम्म अग्लो हुने कृषक सुदनराज अधिकारीले बताए । हलक्क बढ्ने सलक्क परेको यो १० वर्षमा काट्न लायक रुख बन्छ । यो रुख फर्निचर बनाउनका लागि उपयुक्त काठ हुने अधिकारीको भनाई छ ।


काट्ने बेलासम्ममा ४० देखी ७० क्यू फिटसम्म काठ निस्कने बताइन्छ । जसलाई बेचेर प्रतिरुख एकदेखि डेढलाख सम्म आम्दानी हुने अधिकारीको भनाई छ । रुख राम्रोसँग हुर्केको खण्डमा पाउलोनियाको रुख दुई मिटर गोलाई र ७० फुटसम्म उचाई हुन्छ ।


भाइ सुरजराजसहित परिवारको सहयोगमा पाउलोनिया लगाएका अधिकारी परिवारले बेर्ना समेत आफैले उत्पादन गर्ने गरेका छन् । उनीहरुले आफूले लगाउने बेर्ना मात्र पुर्‍याएका छैनन्, उत्पादित बेर्ना अन्य कृषकलाई बेचेर प्रशस्त आम्दानी पनि गरेका छन् ।


गत बर्ष करीब २० हजार विरुवा उत्पादन गरेर बेचेका उनीहरुले यस वर्ष ४० हजार बेर्ना उत्पादन गरेका छन् । त्यसमध्ये अधिकांश बेचिसकेको सुदनराजले बताए । पाउलोनियाको एउटा बेर्नाको एक सयमा विक्री गर्ने गरेको उनले बताए । बेर्ना बेच्न थालेपछि कास्कीमा पाउलोनिया लगाउनेको संख्या बढेको उनको भनाइ छ । साथै पाउलोनियाका बारेमा बुझ्न मानिसहरु दिनहुँ आउने गरेपनि उनले बताए ।


एक वर्षमै विरुवा हलक्क बढेपछि अधिकारी परिवार दङ्ग परेका छन् । बेर्ना लगाउँदा २/४ वटा विरुवा मर्नुबाहेक अरु रोग नलाग्ने सुदनराजको दाबी छ । शुरुमा बेर्ना सार्दा ढुसीले मर्ने भएपनि औषधी प्रयोग गरेपछि त्यसबाट बचाउन सकिने उनले बताए ।


पाउलोनिया वातावरणको लागि पनि लाभदायक रहेको उनले बताए । अन्य वनस्पती भन्दा १० गुणा बढी कार्वनडाईअक्साइड ग्रहण गर्ने र १० गुणा नै बढी अक्सिजन फ्याँक्ने उनको दाबी छ ।



कास्कीका किसानहरु सुन्तलाखेती छाडेर पाउलोनियातर्फ आकर्षित
Advertisements:

0 comments:

Post a Comment

Recent Posts