Subscribe Twitter FaceBook

Pages

Wednesday, July 27, 2016

चिनियाँ चासो भारत होइन, पश्चिमा पावर हो: प्रचण्ड

Advertisements:

Prachanda_1


११ साउन, काठमाडौं । प्रधानमन्त्री बन्ने तरखरमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रचण्डले भारतसँग तिक्तता बढाउने र संकीर्ण राष्ट्रवादलाई प्रश्रय दिने पक्षमा आफू नरहेको बताएका छन् । साथै उनले नेपालमा चीनको चासो भारत नभएर पीश्चमा शक्तिहरु भएको विश्लेषण गरेका छन् ।


आफ्नो नेतृत्वमा बन्ने नयाँ सरकारले दुबै छिमेकी भारत र चीनसँग सन्तुलित सम्वन्ध राख्ने प्रचण्डले बताए ।

भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सलाई दिएको अन्तरवार्तामा प्रचण्डले एक देशविरुद्ध अर्को देशलाई प्रयोग नगर्ने बताए । नेपाल-भारत सम्वन्ध विशिष्ट खालको रहेको भन्दै उनले पछिल्लो समय दुबै पक्षमा केही कमी कमजोरी देखिएको उल्लेख गरे ।


‘चीनले भारतसँग राम्रो सम्बन्ध राख्न भनेको छ’


माओवादी अध्यक्ष प्रचण्डले नेपालमा चिनियाँ प्रभाव बढेको भारतीय चासो सम्बोधनको प्रयास गरेका छन् । ‘चीनले नेपाललाई भारतविरुद्ध प्रयोग गर्न चाहेको छैन’ आफू चिनियाँ उच्च अधिकारीहरुसँग निरन्तर सम्वादमा रहेको दाबी गर्दै उनले भनेका छन्, ‘उनीहरुले लगातार हामी (नेपाल)लाई भारतसँग राम्रो सम्वन्ध राख्न भनिरहेका छन् ।’


प्रचण्डका अनुसार चीनको मुख्य चासो तिब्बत हो, जसको लामो सीमा नेपालसँग जोडिएको छ । र, यही कारण उसले नेपालको राजीतिक र विदेशी शक्तिको भूमिकालाई नजिकबाट नियालिरहेको छ । प्रचण्डले भनेका छन्, यहाँ चीनको चासो भारत होइन, पश्चिमा शक्ति हो ।’


साथै उनले नेपालको आन्तरिक राजनीतिमा चीन हावी भएको भारतीय दाबीको खारेज गरेका छन् । चिनियाँ दबावकै कारण गत वैशाखमा नयाँ सरकार बनाउने निर्णयबाट आफू पछि हटेको धेरैको अनुमान रहेको भन्दै प्रचण्डले भने, ‘चिनियाँ प्राथमिकता वामपन्थी एकता हो । तर, कुनै दबाव छैन ।’


‘माइक्रो म्यानेजमेन्ट’ भारतको कमजोरी


संविधान निर्माणको अन्तिम चरणमा केही दिन प्रक्रिया रोक्न सल्लाह दिनु भारतको गल्ती भएको प्रचण्डले बताए । ‘भारत यो तहको ‘माइक्रोम्यानेजमेन्ट’ मा संलग्न नभएको भए हुन्थ्यो’ प्रचण्डले अन्तरवार्तामा भनेका छन् ।


संविधान जारी भएपछि भारतले नाकाबन्दी लगाउँदा माओवादी अध्यक्ष प्रचण्डले आलोचना गरेका थिए । र, सैनिक मञ्चबाटै नेपाल कसैको ‘एस म्यान’ नबन्ने सन्देश भारतीय नेताहरुलाई दिएका थिए ।


तर, कांग्रेससहितको सरकारको नेतृत्व गर्ने तयारीका क्रममा प्रचण्डले अब यही विषयलाई उठाएर भारतसँग तिक्तता लम्ब्याउने र ‘संकीर्ण राष्ट्रवाद’लाई बढावा दिने पक्षमा नरहेको बताएका छन् । भूराजनीतिक अवस्थाका कारण सन्तुलित नीति लिनुपर्ने भन्दै प्रचण्डले भनेका छन्- हाम्रो चुनौती भनेको आन्तरिक राष्ट्रियता बलियो बनाउनु र सबैको पहिचानको सम्मान गर्नु हो । परम्परागत संकीर्ण राष्ट्रवाद गलत हो ।’


मधेस रोडम्याप


अन्तरवार्ताका क्रममा भावी प्रधानमन्त्रीका रुपमा हेरिएका प्रचण्डले मधेस समस्या समाधानको रोडम्यापसमेत अघि सारेका छन् ।


मधेसमा आन्दोलन गरिरहेको मधेसी मोर्चाले प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्तावमा समर्थन गरेको थियो । आफ्नो माग सम्बोधनको लिखित प्रतिवद्धता आए प्रचण्ड नेतृत्वमा बन्ने सरकारमा जान सक्ने मधेसी मोर्चा नेताहरुले बताइरहेका छन् ।


यसैक्रममा माओवादी अध्यक्ष प्रचण्डले मधेसी मोर्चाका केही चासोहरु क्याबिनेटबाट सम्बोधन गर्ने बताए । यसमा मधेस आन्दोलनमा मारिएकाहरुलाई सहिद घोषणा गर्ने र पक्राउ परेकाहरुको मुद्दा फिर्ता लिने एवं रिहा गर्ने लगायत छन् ।


सीमांकनको मुद्दामा भने कांग्रेस, एमालेसहितका सबै दललाई विश्वासमा लिएर बीचको बाटो खोज्ने प्रचण्डले बताएका छन् ।



चिनियाँ चासो भारत होइन, पश्चिमा पावर हो: प्रचण्ड
Advertisements:

0 comments:

Post a Comment

Recent Posts