Subscribe Twitter FaceBook

Pages

Friday, July 29, 2016

शिक्षण अस्पतालमा नयाँ डायलाइसिस सेन्टर बन्यो

Advertisements:

Day-Care


काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा नयाँ डे केयर डायलाईसिस सेन्टर बनेको छ । यसले मृगौला सम्बन्धि रोगको उपचारका लागि आफ्नो क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने छ ।


एनसेलले सन् २०१४ मा शिक्षण अस्पतालमा डे केयर डायलाईसिस सेन्टरको निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको थियो । नवनिर्मित डायलाईसिस सेन्टरमा १६ वटा डायलाईसिस मशिनहरु राख्न सकिने क्षमता छ र सेन्टर संचालनका लागि आवश्यक पर्ने आरओ वाटर टि्रटमेन्ट प्रणाली पनि जडान गरिएको छ ।


“यो सेन्टरको संचालनले मृृगौला सम्बन्धि स्वास्थ्य सेवामा मानिसहरुको पहुँच वृद्धि गर्नमा योगदान गर्नेछ । मृगौलाको उपचार सहज बनाउने राटि्रष्य नीति अनुरुप यो सेन्टरले हस्पिटलको सेवा प्रदान गर्ने क्षमता बढाउने छ,” अस्पतालका उपनिर्देशक प्रा.डा. प्रेम कृष्ण खड्गले बताए ।


हाल टिचिङ् हस्पिटलले आफ्नो डे केयर डायलाईसिस युनिटमा संचालनमा रहेको तीन वटा डायलाईसिस मशिनहरुबाट दैनिक २५ देखि ३० जनालाई डायलाईसिस सेवा प्रदान गर्दै आएको छ । सेवाको क्षमता अभिवृद्धि गर्ने योजना अन्तर्गत हस्पिटलले चाँडै नै थप चार वटा डायलाईसिस मशिनहरु जडान गर्ने क्रममा छ ।


एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्र्तगत सर्जिकल ओपिडी भवनको तेस्रो तल्ल्लामा यो सेन्टर निर्माणका लागि सहयोग प्रदान गरेको हो । यसका लागि १ करोड ५० लाखको आर्थिक सहयोग प्रदान गरिएको एनसेलले जनाएको छ ।


१६ वटा डायलाईसिस मशिन जडान गर्न सकिने पुर्वाधार र डायलाईसिस मशिन संचालानार्थ अतिआवश्यक आरओ वाटर टिट्रमेन्ट सिस्टम बाहेक सेन्टरमा २० जनाको क्षमता भएको बिरामी मैत्री लिफ्ट पनि जहान गरिएको छ ।



शिक्षण अस्पतालमा नयाँ डायलाइसिस सेन्टर बन्यो
Advertisements:

0 comments:

Post a Comment

Recent Posts