Subscribe Twitter FaceBook

Pages

Thursday, July 21, 2016

संसद बैठक शुक्रबार दुई बजेसम्मलाई स्थगित

Advertisements:

Parliament-Building of Nepal


६ साउन, काठमाडौं । मुख्य दलका शीर्ष नेताहरुबीच सहमति नजुटेपछि व्यवस्थापिका संसद बैठक शुक्रबार दिउँसो दुई बजेसम्मका लागि स्थगित भएको छ ।


नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीबीच अविश्वासको प्रस्ताव पहिले छलफल गराउने कि बजेटका आश्रित विधेयकमा छलफल चलाउने भन्नेमा विवाद छ ।


यही विवादका कारण बिहीबार बिहान एघार बजे बस्ने भनिएको संसद बैठक दिउँसो दुई बजेसम्म सारिएको थियो । त्यसबिचमा सभामुख ओनसरी घर्तीले सहमतिको प्रयास गरेकी थिइन् । तर, सहमति नजुटेपछि संसद बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको हो ।


(यसअघि शुक्रबार बस्ने संसद बैठकको समय अन्यथा पर्न गएकोमा क्षमाप्रार्थीसहित सच्याएका छौं । सं.)



संसद बैठक शुक्रबार दुई बजेसम्मलाई स्थगित
Advertisements:

0 comments:

Post a Comment

Recent Posts