Subscribe Twitter FaceBook

Pages

Sunday, July 31, 2016

म्याक्स्वेल अष्ट्रेलियाली टिमबाट फालिए

Advertisements:

MAXWELL


काठमाडौं । आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेल, श्रीलंकाबिरुद्धको आसन्न एकदिवशीय सिरिजका लागि अष्ट्रेलियाको टिममा पर्न असफल भएका छन् ।


श्रीलंकाबिरुद्धको सिरिजका लागि अष्ट्रेलियाका छनौटकर्ताले घोषाणा गरेको टोलीमा म्याक्सवेलको नाम समावेश छैन ।


यसबीचमा उनलाई सुरुवाती टिमबाट धेरैपटक बाहिर राखिएको थियो तर सन् २०१२ मा डेब्यू गरेपछि उनी सीमित ओभरको क्रिकेट टोलीबाट पहिलो पटक फालिएका हुन् । यसको प्रमुख कारण उनको गुमेको लय नै हो । पछिल्लो १० एकदिवशीयमा उनले ६ इनिङमा मात्र ११.८० को औषतमा रन बनाएका छन् ।


वेष्ट इण्डिजमा भएको त्रिकोणात्मक सिरिजमा म्याक्सवेलले अविजित ४६ रन बनाएर अष्ट्रेलियालाई फाइनलमा पुर्‍याएका थिए, यो नै उनको पछिल्लो उल्लेख्य प्रदर्शन थियो । तर त्यसअघिका ३ खेलमा केहि स्पिन बलिङलाई छोड्ने हो भने उनले मात्र ७ रन बनाएका थिए ।


२७ बर्षीय म्याक्सवेल आफ्नो भविश्यको चौवाटोमा छन् । उनलाई १२ महिनाअघिमात्र टेष्ट टिममा समावेश गरिएको थियो । तर त्यसमा पनि उनी असफल भए । छनौट टोलीका अध्यक्ष राड मार्सले भनेका छन् कि हामीले म्याक्सवेललाई टिमबाट ननिकाल्न हरसंभव प्रयास गर्‍यौं तर उसले आफ्नो विष्फोटक छविलाई निरन्तर राख्न सक्नुपर्थ्यो । अष्ट्रेलियाली टोलीमा सन मार्सले भने पुनरागमन गरेका छन् ।



म्याक्स्वेल अष्ट्रेलियाली टिमबाट फालिए
Advertisements:

0 comments:

Post a Comment

Recent Posts