Subscribe Twitter FaceBook

Pages

Sunday, July 31, 2016

पत्रकार सापकोटाको ‘कहर’ बजारमा

Advertisements:

Kahar


काठमाडौं । पत्रकार जनकराज सापकोटाद्वारा लिखित पुस्तक ‘कहर’ बजारमा आएको छ । वैदेशिक रोजगारीले बिथोलिएको समाजमा केन्द्रित रहेर तयार पारिएको पुस्तकको शनिबार एक कार्यक्रमबीच विमोचन गरियो ।


पुस्तकमाथि समाजशास्त्री डा चैतन्य मिश्र, पत्रकार किशोर नेपाल र सुधीर शर्माले टिप्पणी गर्दै समाजमा वैदेशिक रोजगारीले ल्याएको समस्या र पीडाको यथार्थता पुस्तकमा सजीव रुपले लेखकले उतारेको बताए ।


मुलुकको अर्थतन्त्र विप्रेषणले धानिरहेको भनिए पनि त्यसले समाजमा पारेको प्रभाव बुझ्न पुस्तक उपयोगी हुने उनीहरुको भनाइ छ । लेखक सापकोटाले १५ जिल्लामा गएर विभिन्न पात्रसँग गरेको कुराकानीका आधारमा पुस्तक तयार पारिएको जानकारी दिए ।


वैदेशिक रोजगारीसम्बन्धी विभिन्न पाटालाई आधार बनाएर १० यथार्थ घटना पुस्तकमा समेटिएको छ ।



पत्रकार सापकोटाको ‘कहर’ बजारमा
Advertisements:

0 comments:

Post a Comment

Recent Posts