Subscribe Twitter FaceBook

Pages

Monday, July 25, 2016

सहमतीय सरकार गठन गर्न दलहरुलाई राष्ट्रपतिको आहृवान

Advertisements:

Bidhya-Bhandari


१० साउन, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले सहमतीय सरकार गठन गर्न संसदमा रहेका राजनीतिक दलहरुलाई आहृवान गरेकी छन् ।


सरकार गठनका लागि आहृवान गर्नु अघि बाधा अड्काउ फुकाउ आदेश जारी भएको थियो ।


राष्ट्रपति भण्डारीले सोमबार साँझ विज्ञप्ति जारी गर्दै संविधानको धारा २९८ को उपधारा २ अनुसार सात दिनभित्र सहमतीय सरकार गठनको आहृवान गरेकी हुन् ।


त्यसअघि उनले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग परामर्श गरेकी थिइन् । उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गरेकी हुन् ।



सहमतीय सरकार गठन गर्न दलहरुलाई राष्ट्रपतिको आहृवान
Advertisements:

0 comments:

Post a Comment

Recent Posts