Subscribe Twitter FaceBook

Pages

Tuesday, July 26, 2016

सहमतीय सरकार गठन गर्न दलहरुलाई राष्ट्रपतिको आहृवान

Advertisements:

Bidhya-bhandari-with-top-leader


१० साउन, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले सहमतीय सरकार गठन गर्न संसदमा रहेका राजनीतिक दलहरुलाई आहृवान गरेकी छन् ।


राष्ट्रपति भण्डारीले सोमबार साँझ विज्ञप्ति जारी गर्दै संविधानको धारा २९८ को उपधारा २ अनुसार सात दिनभित्र सहमतीय सरकार गठनको आहृवान गरेकी हुन् ।


सरकार गठनका लागि आहृवान गर्नु अघि बाधा अड्काउ फुकाउ आदेश जारी भएको थियो । सविधानको धारा २९८ अनुसार गठन भएको प्रधानमन्त्रीले राजीनामा दिएको तर, अर्को प्रधानमन्त्री निर्वाचित हुने प्रष्ट व्यवस्था नरहेका भन्दै मन्त्रिपरिषद्ले बाधा अड्का आदेश जारी गर्न सिफारिस गरेको थियो ।


सहमतिका साथ अगाडि बढ्न आग्रह


सहमतीय सरकार गठनको आहृवान गर्नुअघि राष्ट्रपति भण्डारीले सोमबार नै प्रमुख तीन दलका शीर्ष नेताहरुसँग परामर्श गरेकी थिइन् । उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गरेकी हुन् ।


राष्ट्रपतिले डेढ वर्षभित्र स्थानीय, प्रदेश र संघीय तहको निर्वाचन गरी संविधान कार्यान्वयन गर्ने कुरा सजिलो नरहेको भन्दै सहमतिका साथ अगाडि बढ्न आग्रह गरेकी छन् ।


राष्ट्रपति भवनमा भएको छलफलमा  करिब दुई घण्टा लामो सामूहिक भेटवार्तामा राष्ट्रपति भण्डारीले प्रमुख दलहरुबीच आपसमा तित्तता उत्पन्न भए संविधानको कार्यान्वयन जोखिमपूर्ण हुने भन्दै बाँकी समयको सक्दो उपयोग गर्नतर्फ केन्द्रीत हन आग्रह गरेकी छन् । प्रमुख दलहरुबीचको सम्बन्ध सहज हुँदा मात्र राष्ट्रिय मुद्दा सम्बोधन गर्न सकिने उनको धारणा थियो ।


राष्ट्रपतिसँगको भेटमा नयाँ गठवन्धन बनाएका कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रिय मुद्दाको समाधान तथा संविधानको कार्यान्वयनमा दलहरुबीच समझदारी कायम गरेरै अगाडि बढ्ने बताएका छन् ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मुद्दाहरुमा नयाँ सरकारलाई एमालेले पूर्णरुपमा सहयोग गर्ने बताए ।



सहमतीय सरकार गठन गर्न दलहरुलाई राष्ट्रपतिको आहृवान
Advertisements:

0 comments:

Post a Comment

Recent Posts