Subscribe Twitter FaceBook

Pages

Tuesday, July 26, 2016

नारायणी नदीको पानीको सतह खतरा नजिक, सतर्क रहन अपील

Advertisements:

Gandak


११ साउन, नवलपरासी । नारायणी नदीमा पानीको सतह खतराको संकेत नजिक पुगेको छ ।


देवघाटमा रहेको मापन केन्द्रको जानकारी उदृत गर्दै नारायणी नदीमा पानीको सतह ८.१६ मिटर पुगेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्त बताए । नारायणी नदीमा ८ दशमवल ४ मिटर नाघेपछि खतराको संकेत मानिन्छ ।


देवघाटमा मापन गरिएको पानी त्रिवेणीको गण्डक क्षेत्रमा आइपुग्न ५/६ घण्टा लाग्ने जनाइएको छ । जसले गर्दा गण्डक क्षेत्रका बासिन्दालाई सचेत रहन सबैलाई प्रशासनले आग्रह गरेको छ ।


त्यसैगरी कालीगण्डकी नदीमा पानीको सतह ९ मिटर नाघेको छ । कालीगण्डकीको पानी गण्डक क्षेत्रमा आइपुग्न ८ देखि ९ घण्टा लाग्ने छ । डेढगाउँका वीरबहादुर विश्वकर्माका अनुसार कालीगण्डकी नदीमा पनि पानीको बहाव बढेपछि उक्त क्षेत्रका बासिन्दालाई पनि सतर्क रहन भनिएको छ ।


गण्डक क्षेत्रमा अहिले प्रहरी, सेना, सशस्त्र प्रहरी परिचालन गरिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले बताए । उक्त क्षेत्रमा प्रहरीले स्थानीयलाई माइकिङ गर्दै सतर्क रहन आग्रह गरेको छ । स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा लैजाने तयारी भईरहेको इलाका प्रहरी कार्यालय बेलाटारीका इन्स्पेक्टर उपाध्यायले बताए ।


गण्डक व्यारेजका सबै ढोका खोलियो


नारायणी नदीमा पानीको सतह बढेका कारण तीन दिन अघि देखिनै गण्डक व्यारेजका सबै ढोकाहरु खोलिएको छ ।


भारतले आफ्नो अनुकुल प्रयोग गर्दै आएको गण्डक व्यारेजलाई यस पटक पनि बाढीका कारण उत्पन्न हुन सक्ने खतरालाई ध्यानमा राख्दै आफ्नो अनुकलु प्रयोग गरिरहेको छ ।


नारायणी नदीमा गण्डक ब्यारेजमा बाँध लगाएर नहरबाट पानी लगेको खण्डमा नदीमा पानीका सतह घट्ने भएपनि भारतले सबै ढोका खोलेको छ । तथापि भारतले भारततर्फको भन्दा नेपालतर्फको ढोका बढी खोलेको स्थानीयले बताएका छन् । गण्डक व्यारेजको बी ग्यापको १३ नम्बर ठोकर गण्डक ब्यारेजको ढोका भन्दा तल पर्दछ ।


सात जना कारवाहीमा


गण्डक व्यारेजको ३३ नम्बर ढोका तीन दिन अघि आएको बाढीले बगाएपछि भारतले उक्त क्षेत्रका ७ जना कर्मचारीलाई निलम्बन गरेको छ ।


भारत सरकारले कर्मचारीको लापरवाहीका कारण ढोका बाढीले बगाएको भन्दै ७ जनालाई निलम्बन गरेको हो ।


गण्डक व्यारेजमा पानीको सतह बढेसँगै स्थानीयमा त्रास छाएको छ । नदी छेउछाउका बासिन्दाहरु घर छाडेर सुरक्षित स्थानतर्फ जान थालेका छन् ।


तत्काल हुनसक्ने खतरालाई ध्यानमा राखेर प्रहरी, सेना र सशस्त्र परिचालन गरिएको छ । अहिले स्थानीयलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको छ ।


Gandak1


१३ नम्बर ठोकरमा जाली भर्ने काम हुँदै


तीन-चार दिन अघिको पानीले क्षति पुर्याएको गण्डक ब्यारेजको १३ नम्बर ठोकरमा अहिले जाली भर्ने काम भइरहेको छ ।


बी ग्यापको १३ नम्बर ठोकरमा भत्कन सक्ने खतरा भएपछि सिचाईका भारतीय कर्मचारी, नेपाली सुरक्षाकर्मी र स्थानीय बासिन्दाले जाली भर्ने, बोरा भर्ने काम गरिरहेका छन् ।


गण्डक क्षेत्रको ठोकर भत्केर पानी पसेमा नवलपरासीको नर्सही, ठूलो खैरटहवा लगायतका एक दर्जन गाविस डुबानमा पर्ने छ ।


गैडाकोटमा २० घर डुबायो


नारायणी नदीमा आएको बाढी विस्तारै गाउँ पस्न थालेको छ । नवलपरासीको गैडाकोट नगरपालिकाको वडा नं. २ नारायणी टोलमा पानी पस्न थालेको छ । उक्त क्षेत्रमा अहिलेसम्म २० घर डुबानमा परेको छ ।



नारायणी नदीको पानीको सतह खतरा नजिक, सतर्क रहन अपील
Advertisements:

0 comments:

Post a Comment

Recent Posts