Subscribe Twitter FaceBook

Pages

Wednesday, July 27, 2016

पर्दामा दुब्ली देखिन चाहन्छिन् मरिष्का, घटाउँदैछिन् आफ्नो तौल

Advertisements:

Mariska Pokhrel (4)

चलचित्र ‘के म तिम्रो होइन र’ डेब्यू नायिका हुन्, मरिष्का पोख्रेल । जसले दोश्रो चलचित्र ‘चपली हाइट २’मा काम गरिसकेकी छिन् । पहिलो चलचित्रबाट पर्दामा आफ्नो अभिनयको छाप छाड्न सफल यी नायिका दोश्रो चलचित्रको व्यापारलाई प्रतिक्षा गरिरहेकी छिन् ।


अहिले नेपाली कलाकारहरु फिटनेशनमा विशेष ध्यान दिन थालेका छन् । पर्दामा मोटी देखिदा कलाकारहरुको चर्को आलोचना दर्शकले गर्न थालेपछि उनीहरु सजग देखिएका हुन् । नायिका मरिष्काले पनि आफू ४ केजी घटेको बताइन् । मरिष्का भन्छिन्-‘अफर त धेरै नै आइरहेको छ । केही प्रोजेक्टहरुका लागि कथा पढिरहेकी छु । तर, अफर आउनु ठूलो कुरा होइन । राम्रो कथावस्तु भएको खण्डमा मात्र काम गर्छु ।’


मरिष्का अब आफू पर्दामा केही दुब्ली देखिन चाहेकाले तौल घटाइरहेको बताउँछिन् । केही म्यूजिक भिडियोमा काम गरेपछि चलचित्रमा आएकी यी सुन्दरी चलचित्रमा बोल्ड एन्ड ब्यूटी शैलीमा देखिएकी छिन् ।


नेपाली चलचित्रमा नायिकाको अभाव देखिन्छ । नयाँ अनुहारहरु धेरै आएपनि कमैले मात्र सफलता पाएका छन् । बलिउड चलचित्र ‘यारा’मा समेत छोटो भूमिकामा देखिएकी मरिष्का, नेपाली चलचित्रमा कुन उचाइमा जालिन्,प्रतिक्षा गरौ ।


Mariska Pokhrel (1) Mariska Pokhrel (2)Mariska Pokhrel (6)Mariska Pokhrel (7)




पर्दामा दुब्ली देखिन चाहन्छिन् मरिष्का, घटाउँदैछिन् आफ्नो तौल
Advertisements:

0 comments:

Post a Comment

Recent Posts