Subscribe Twitter FaceBook

Pages

Tuesday, July 26, 2016

लापरवाही सुत्केरीको मृत्यु

Advertisements:

११ साउन, पाचथर । समयमा अस्पताल नलैजाँदा पाँचथरको पौवा सारतापमा सोमबार एकजना सुत्केरीले ज्यान गुमाउनुपरेको छ । ज्यान गुमाउनेमा घरैमा जुम्ल्याहा छोरी जन्माएकी पौवा सारताप-९ की २५ वर्षीया सनमाया तामाङ रहेकी छिन् ।


pachthar-mapतामाङले शुक्रबार बिहान घरैमा जुम्ल्याहा छोरी जन्माए पनि नाल नझरेपछि परिवारका सदस्यले साँझसम्म झारफुक गरेर उपचार गर्न खोजेका कारण उनको मृत्यु भएको बताइएको छ ।


साँझसम्म सालनाल नझरेपछि उपचारका लागि इलाम जिल्ला अस्पताल लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको छिमेकी पद्मा तामाङले बताइन् ।


जुम्ल्याहा शिशुको स्वास्थ्य सामान्य रहेको बताइएको छ । मृतकका श्रीमान छ महिनाअगाडि वैदेशिक रोजगारीका लागि कोरिया गएका थिए ।


बर्सेनि दुई छोराछोरी जन्माइसकेकी उनको स्वास्थ्यावस्था कमजोर रहँदारहँदै पनि परिवारका सदस्यले समयमा अस्पताल नलाँदा मृत्यु भएको स्थानीय बताउँछन् ।


पाँचथर जिल्लामा सुरक्षित कार्यक्रम लागू भएको छ भने जिल्ला अस्पतालसहित ३० वटा स्वास्थ्य संस्थामार्फत सुरक्षित मातृत्व सेवा दिइँदै आएको भए पनि उपचार नपाएर बिरामीको ज्यान जानु दुःखद् भएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका सूचना अधिकृत नारायण जोशीले बताए ।



लापरवाही सुत्केरीको मृत्यु
Advertisements:

0 comments:

Post a Comment

Recent Posts