Subscribe Twitter FaceBook

Pages

Friday, July 22, 2016

सातौं राष्ट्रिय खेलकुदमा ३२ खेल

Advertisements:

६ साउन, काठमाडौं । नयाँ मिति निर्धारण भइसकेको सातौं राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश हुने भएको छ । सातौं राष्ट्रिय खेलकुद कार्यकारी समितिको बिहीबार सातदोबाटोमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।


समितिका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव केशवकुमार विष्टको अध्यक्षतामा बसेको बैठकले यसअघि सातौं राष्ट्रियअन्तर्गत शारीरिक सुगठन, पौडी र ट्रायथलन सम्पन्न भइसकेकाले ३२ खेल मात्र समावेश गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहितकुमार दाहालले जानकारी गराए ।


सातौं राष्ट्रियमा ३५ खेल हुने भनिएकोमा सातौंअन्तर्गत उक्त ३ खेल सम्पन्न भएकाले खेल संख्यालाई ३२ मा झारिएको हो । सातौंको एथलेटिक्सअन्तर्गत म्याराथन पनि आयोजना भइसकेको हुँदा म्याराथन बाहेकका स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।


त्यस्तै बैठकले खेलाडी दर्ता साउन २५ देखि भदौ २०, जिल्ला प्रतियोगिता भदौ २५ देखि असोज १४ तथा क्षेत्रीय प्रतियोगिता कात्तिक २३ देखि मंसिर ३ गतेलाई ताकेको छ ।


गत आइतबार सम्पन्न राखेपको १०६ औं बोर्ड बैठकले सातौं राष्ट्रिय पूर्वनिर्धारित क्षेत्र पूर्वाञ्चलमा मंसिर ८ देखि १५ गतेसम्म गर्ने निर्णय गरेको थियो ।


बजेटको समस्य र मधेस आन्दोलनले गर्दा दुई पटक मिति घोषणा भएपनि सातौं राष्ट्रिय स्थगित भएको थियो । २०७२ सालमा सातौं राष्ट्रिय पहिलो पटक मंसिर ११ देखि १८ तथा दोश्रो पटक फागुन १८ देखि २३ गते हुने भनिएको थियो ।



सातौं राष्ट्रिय खेलकुदमा ३२ खेल
Advertisements:

0 comments:

Post a Comment

Recent Posts