Subscribe Twitter FaceBook

Pages

Wednesday, July 27, 2016

निर्वाचन कानुन नबन्दा आयोग द्विविधामाः डा. यादव

Advertisements:
Ayodhi-Prasad-Yadav, Photo RSS

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव । तस्वीर: रासस



१२ साउन, काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन मंसिर महिनामा गर्ने घोषणा गरे पनि अहिलेसम्म निर्वाचनका लागि आवश्यक कानुनको मस्यौदा नै तयार भएको छैन । निर्वाचन आयोग अहिले मस्यौदालाई अन्तिम रुप दिने गृहकार्यमा छ ।


प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचन सम्बन्धी कानुनको मस्यौदाले अन्तिमरुप पाउन बाँकी रहेको जानकारी दिए ।


बुधबार राजधानीमा आयोजित साक्षात्कारमा प्रमुख निर्वाचन आयुक्त डा. यादवले मस्यौदालाई एक दुई दिनभित्र अन्तिम रुप दिएर सरकारसमक्ष पेश गर्ने बताए ।


आयोगले अन्तिम रुप दिएको मस्यौदाले मन्त्रिपरिषदबाट स्वीकृति पाएपछि विधेयकको रुप लिन्छ । विधेयक संसदबाट पारित भएपछि मात्र कानुन बन्छ ।


प्रमुख आयुक्त डा. यादवले कानुन बन्न बाँकी रहेको, स्थानीय तहको संख्या र सीमा निर्धारणको काम पनि टुंगोमा नपुगेको तथा मितिका विषयमा पनि फरक-फरक धारणा आइरहेकाले स्थानीय तहको निर्वाचनको विषयमा आयोग अन्योलमा रहेको बताए ।


डा. यादवले सरकारले कानुन बनाएमा अझै पनि मंसिर महिनामा स्थानीय तहको निर्वाचन गर्न सम्भव रहेको दाबी गरे ।



निर्वाचन कानुन नबन्दा आयोग द्विविधामाः डा. यादव
Advertisements:

0 comments:

Post a Comment

Recent Posts