Subscribe Twitter FaceBook

Pages

Monday, July 25, 2016

अबको १५ दिनमा नयाँ प्रधानमन्त्री

Advertisements:

KP Oli (5)१० साउन, काठमाडौ ।  अबको दुई सातामा नेपालले नयाँ प्रधानमन्त्री पाउनेछ । राष्ट्रपतिले आदेश गर्ने बाधा अड्काउ फुकाउ संसद्बाट पारित गर्न, दलीय सहमतिका आधारमा प्रधानमन्त्री छान्न पहल गर्ने र सहमति नहुँदा संसदमा निर्वाचन प्रक्रियाबाट नयाँ प्रधानमन्त्री छान्न दुई साता लाग्नेछ ।


नयाँ प्रधानमन्त्री निर्वाचनका लागि दलहरूबीच यसअघि रहेको संवैधानिक विवादसमेत सरकारले बाधा अड्काउ फुकाउमार्फत खोलेपछि अब बाधा अड्चन नरहेको र प्रक्रिया सहज भएकाले दुई हप्तामा नयाँ प्रधानमन्त्री छानिेने कानुन मन्त्रालयका सचिव टेकनाथ ढुंगानाले बताए ।


संसद्को नियमावली २०७३ को नियम ४९ अनुसार संसद्ले प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु गर्नेछ । संविधानको धारा २९८ को उपधारा २ बमोजिम प्रधानमन्त्रीको निर्वाचन राजनीतिक सहमतिका आधारमा हुने, तर सहमति हुन नसकेमा सभामुखले तोकेको दिन र समयमा निर्वाचन प्रक्रियामार्फत बहुमतीय सरकार बन्ने उल्लेख छ । अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।


बहुमतीय आधारमा हुने निर्वाचन प्रक्रियाका लागि सभामुखले संसद्का महासचिवलाई निर्वाचन अधिकृत तोकी प्रक्रिया अगाडि बढाउने प्रावधान छ ।


निर्धारित समयतालिकामा प्रधानमन्त्रीका उम्मेदवारले आफूलाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्दै एक–एकजना समर्थक र प्रस्तावक राखी उम्मेदवारी दर्ता गर्नुपर्ने हुन्छ ।


त्यसपछि संविधानको धारा २९८ को उपधारा ३ बमोजिम संसद्को तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतका आधारमा नयाँ प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था छ।



अबको १५ दिनमा नयाँ प्रधानमन्त्री
Advertisements:

0 comments:

Post a Comment

Recent Posts