Subscribe Twitter FaceBook

Pages

Thursday, July 21, 2016

नौ बर्षकी प्रीशाको एल्बम सार्वजनिक

Advertisements:

prisha album bimochan

बाल-गायिका प्रीशा श्रेष्ठले बाल तथा राष्ट्रिय गीतहरुको एल्बम ‘प्रीशा’ बजारमा ल्याएकी छिन् । यो एल्बमको काठमाण्डौमा आयोजित कार्यक्रममा गीतकार डाक्टर कृष्णहरी बराल, संगीतकार सुरेश अधिकारी, निर्देशक आकाश अधिकारी लगायतले विमोचन गरे । गायिका श्रेष्ठको नवौ जन्मदिनको अवसर पारेर एल्बम सार्वजनिक गरिएको हो ।


एल्बममा वसन्त सापकोटा, सुरेश अधिकारी, बिमल पराजुली तथा ज्योती श्रेष्ठद्वारा संगीतबद्ध गीतहरु समावेश गरिएको छ । प्रकाश सुवेदी, छाया दत्त न्यौपाने, निरुता खतिवडा तथा इनिमेनिले एल्बमका गीतहरुमा शब्द कोरेका छन् ।


अमेरिकामा रहेकी गायिका श्रेष्ठ एक वर्षअघि नेपाल आउँदा नेपाली भाषा समेत जान्दिनथिन् । संगीतकार सुरेश अधिकारीले नेपाली भाषासहित नेपाली संगीत समेत सिकाएका हुन् ।


समारोहमा गायिका श्रेष्ठले एउटा गीत गाएर सुनाएकी थिइन् भने अर्को एउटा गीत ‘जति माया लाग्छ मामुको’ गीतको म्युजिक भिडियो पनि प्रदर्शन गरिएको थियो । भिडियोको निर्देशन रमेश बाबु नेपालले गरेका हुन् ।



नौ बर्षकी प्रीशाको एल्बम सार्वजनिक
Advertisements:

0 comments:

Post a Comment

Recent Posts